नेपाली कांग्रेसको काठमाडौं जिल्ला कार्यसमितिले पूर्णता पाएको छ । जिल्ला सभापति सबुजकृष्ण बानियाँको अध्यक्षतामा आज (बुधबार) बसेको बैठकले कार्यसमितिलाई पूर्णता दिएको हो ।
बैठकले उपसभापति, सचिव र सहसचिव पदमा सर्वसम्मत चयन गरेको छ । नवनियुक्त उपसभापति, सचिव र सहसचिवमा क्रमश: विजय माली, शंकर मल्ल ठकुरी तथा रोमेल श्रेष्ठ छन् ।
नवनियुक्त तीनै पदाधिकारीलाई कांग्रेस नेता प्रकाशमान सिंहले बधाई तथा शुभकामना दिएका छन् ।