यस्तै, ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले आर्थिक वर्ष २०७६/७७ का लागि रु पाँच अर्ब १७ करोड ९६ लाख ३२ हजारको बजेट प्रस्ताव गरेका छन् । महानगरपालिको चौथो नगरसभामा आज उनले गत वर्षभन्दा रु ७५ करोड २३ लाख ४५ हजार रकम बढी बजेट विनियोजन गरेका हुन् । महानगरले गत आवको रु चार अर्ब ६० करोड ७२ लाख ८७ हजार बजेट विनियोजन गरेको थियो ।
चालू आवमा गत जेठसम्ममा महानगरपालिकाको वास्तविक खर्च गरेको रकम रु एक अर्ब ७५ करोड ६४ लाख २४ हजार ९६१ रहेको छ । महानगरले प्रस्ताव गरेको आगामी आवको बजेटमा चालू खर्चतर्फ रु एक अर्ब १२ करोड ५९ लाख ५५ हजार विनियोजन गरेको छ ।
त्यस्तै, सामाजिक सुरक्षातर्फ रु ४६ करोड बजेट रहेको छ । कार्यक्षेत्रगत विकास कार्यक्रमतर्फ रु दुई अर्ब ५६ करोड ६१ लाख ५३ हजार बजेट विनियोजन गरेको छ । सोमध्ये, आर्थिक विकासमा रु सात करोड ५३ लाख ४५ हजार र सामाजिक विकास रु १६ करोड ८४ लाख ४५ हजार बजेट रहेको छ ।
कार्यगत क्षेत्र विकासअन्तर्गत नै पूर्वाधार विकास रु दुई अर्ब ७३ लाख ६३ हजार, वातावरण तथा विपद् व्यवस्थापन रु १६ करोड ५५ लाख, संस्थागत विकास सेवा प्रवाह र सुशासन रु २२ करोड ५ लाख, पूँजी निर्माण रु छ करोड १० लाख र विविध शीर्षकमा रु ६६ करोड विनियोजन गरेको छ । आगामी आवमा सामाजिक साझेदारी कार्यक्रमतर्फ रु एक अर्ब २७ करोड ५२ लाख चार हजार बजेट रहेको छ । यस आवको आयतर्फको आन्तरिक स्रोत परिचालनमा रु दुई अर्ब ६५ करोड ६१ लाख आठ हजार र आन्तरिक आयमा रु एक अर्ब ६५ करोड पाँच लाख विनियोजन गर्नुका साथै यस आवको बचत रकम रु ६० करोड रहेको छ ।
महानरपालिकाको आगामी वर्षको बजेटमा नै व्ययतर्फ बजेट शीर्षकमा आन्तरिक स्रोत परिचालनमा रु दुई अर्ब ७५ करोड ३० लाख, पूर्वाधार विकासमा रु एक अर्ब ४९ करोड ९५ लाख रहनुुका साथै क्रमागत योजनामा रु ५० करोड ५८ लाख आठ हजार बजेट छ । महानगरले सन् २०३० सम्म गरीबी उन्मूलन गर्ने उद्देश्य बोकेको प्रमुख महर्जनले बताउनुभयो । महानगरले रोजगारीमुखी समावेशी विकास, संस्कृति सम्पदा संरक्षण र पुनर्निर्माणलाई बजेटमा प्राथमिकता दिएको छ । त्यस्तै, अपाङ्गमैत्री पूर्वाधार निर्माण, स्वास्थ्य क्षेत्रमा सर्वसाधारणको पहुँच, विषादीरहित करेसाबारी र कौसीखेती प्रवद्र्धन तथा कृषिमा आधुनिकरण र एकघर एक उद्यमको अवधारण विकास गर्ने महानगरपालिकाको लक्ष्य रहेको उनले बताए ।
यस्तै, भौगोलिक हिसाबले देशकै सबैभन्दा ठूलो महानगर पोखराले आगामी आर्थिक वर्षका लागि रु सात अर्ब ५४ लाखको बजेट सार्वजनिक गरेको छ । महानगरको पाँचौँ नगरसभामा आज उपप्रमुख एवं राजश्व परामर्श समितिका संयोजक मञ्जुदेवी गुरुङले वार्षिक बजेट तथा कार्यक्रम प्रस्तुत गरे।
महानगरको कूल बजेटमध्ये पूँजीगत खर्चमा रु चार अर्व ७० करोड, ९९ लाख ६० हजार विनियोजन गरिएको छ । प्रशासनीक खर्चमा रु दुई अर्ब १५ करोड ५४ लाख ४० हजार, विभिन्न कोषमा रु ४० करोड तथा संसद् विकास कोष कार्यक्रममा रु १४ करोड छुट्टाइएको छ । बजेटको मुख्य स्रोतको रुपमा सङ्घ सरकारबाट प्राप्त हुने रु तीन अर्ब ३३ करोड ७८ लाख ८० हजार अनुदान रहेको छ । गण्डकी प्रदेश सरकारबाट रु ४७ करोड ९६ लाख ८३ हजार अनुदान र महानगरको आन्तरिक आय रु दुई अर्ब ५० करोड २९ लाख १७ हजार हुने अनुमान गरिएको छ ।
आन्तरिक आय तथा अनुदानबाट अपुग हुने बजेटको स्रोत वैदेशिक ऋण तथा अनुदान, जनसहभागिता र चालू आर्थिक वर्षमा खर्च हुन नसकेर रहने रकमबाट पूर्ति गरिने उल्लेख छ । संस्थागत क्षमता विकास गरी सुशासन प्रवद्र्धन, आन्तरिक स्रोतको अधिकतम परिचालन, आर्थिक, भौतिक र सामाजिक पूर्वाधार विकास, कृषि क्षेत्रको आधुनिकीकरण, पर्यटन, स्वास्थ्य तथा शिक्षा क्षेत्रको विकासको उद्देश्यलाई पूरा गर्ने गरी बजेट ल्याइएको उपप्रमुख गुरुङले बताए । नीति कार्यक्रममा उल्लेख गरिएनुसार पूर्वाधार निर्माणलाई प्राथमिकता दिएर बजेट विनियोजन गरिएको छ ।
महानगरका शहरी र पहाडी क्षेत्रमा सडक सम्पर्क सहज बनाउन कनेक्टिङ सडक निर्माणलाई प्राथमिकता दिएर रु ७२ करोड ४० लाख तथा यस वर्ष शुरु गरिएका भोटीखोला, घोरकुना, फिर्के खोला मोटरेबल पुल निर्माणलाई निरन्तरता र अन्य चार स्थानमा पक्की पुलको लागि रु २३ करोड २८ लाख छुट्टाइएको छ । भवन निर्माण शुरु गरिएका वडा कार्यालयको निर्माण सम्पन्न गर्न र आगामी वर्ष नौ वटा वडाको कार्यालय भवन निर्माणका लागि रु २४ करोड ९७ लाख तथा महानगरको भवन निर्माणका लागि रु छ करोड बजेट विनियोजन गरिएको छ । उज्यालो पोखरा कार्यक्रमअन्तर्गत विद्युत् प्राधिकरणसँगको सहकार्यमा सडक छेउछाउमा रहेका सोलार बत्ती मर्मत गरी व्यवस्थापनका लागि रु एक करोड विनियोजन गरिएको छ ।
विराटनगर महानगरपालिकाले गर्याे ५ अर्व भन्दा बढीकाे बजेट प्रस्ताव
विराटनगर महानगरपालिकाले आर्थिक वर्ष २०७६–०७७ का लागी ५ अर्व १२ करोड ३० लाख ९० हजार अनुमानित आय व्ययको बजेट प्रस्ताव गरेको छ । महानगरपालिकाको आज आयोजित चौथो नगरसभामा सो वजेट प्रस्ताव गरेको हो ।
महानगरपालिकाका प्रमुुख भीम पराजुलीले नगरसभामा वजेट प्रस्ताव गर्नुु भएको थियो । आगामी आर्थिक वर्षका लागि महानगरपालिकाको तर्फ ३ अर्व २९ करोड ४९ लाख १२ हजार र मझौला शहर एकिकृत शहरी वातवरणिय सुुधार परियोजना तथा क्षेत्रिय शहरी विकास परियोजना तर्फ १ अर्व ८२ करोड ८१ लाख ७८ हजारगरी ५ अर्व १२ करोड ३० लाख ९० हजारको वजेट प्रस्ताव गरिएको महानगर प्रमुख पराजुलीले जानकारी दिनुुभयो । वजेटमा शिक्षा, स्वास्थ्य, पुुर्वाधार तथा विकास निमार्णलाई जोड दिइएको छ ।
महानगरको नगरसभाको उद्घाटन गर्दै प्रदेश न १ का प्रदेस प्रमुुख प्राडा गोविन्दवहादुर तुम्वहाङले महानगरको विकासका लागी वजेट फलदायी भएकाले वजेट कार्यान्वयनमा जोड दिए ।
प्रदेस न १ का समाजिक विकासमंत्री जिवन घिमिरेले विकास निमार्णमा प्रदेस सरकार र स्थानीय सरकारबीच सहकार्य आवश्यक रहेको बताए ।
कार्यक्रममा प्रदेस न १ का प्रमुुख सचिव सुरेश अधिकारी, महानगपालिका उपप्रमुुख इन्दिरा कार्कीले , नेकपाका नेता बावुराम कार्की लगायतले महानगरको विकासमा जोड दिएका थिए ।