नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले लोकतन्त्रको रक्षाका लागि अर्को आन्दोलन गर्न तयार रहेको बताएका छन् ।अहिले सरकारले संघीयता र संविधानविपरीत जनविरोधी काम गर्दै गएकाले आन्दोलनको विकल्प नभएको बताए ।
डेनमार्कको राजधानी कोपनहेगनमा भएको नेपाली जनसम्पर्क समितिहरुको विश्वस्तरीय प्रशिक्षण कार्यक्रमको समापन गर्दै उपसभापति निधिले भने, 'अब कांग्रेसले सरकारविरुद्ध सडक र संसद दुबै तर्फबाट आन्दोलन गर्छ।'
यसअघि लोकतान्त्रिक आन्दोलनमा कांग्रेसले नेतृत्व गरेको स्मरण गर्दै अब पनि लोकतन्त्र खतरामा परे कांग्रेस टुलुटुलु हेरेर बस्न नसक्ने प्रष्ट पारे ।
दुईदिने प्रशिक्षणमा महामन्त्री शशांक कोइराला, प्रवक्ता विश्वप्रकाश शर्मा, मीनेन्द्र रिजाल, भीष्मराज आङ्दम्बे, धनराज गुरुङ, गोविन्द भट्टराई, किरण पौडेल र बालकृष्ण पाण्डेलगायत कांग्रेसका नेता पनि सहभागी छन् ।