नेपाली जनसम्पर्क समितिहरुको विश्व स्तरीय प्रशिक्षण कार्यक्रम डेनमार्कको राजधानी कोपनहेगनमा जारी रहेको छ । भोलिसम्म चल्ने कार्यक्रमको पहिलो दिन नेपाली जनसम्पर्क समिति डेनमार्कको चौधौं वार्षिकोत्सवसँगै महत्वपूर्ण विषयहरुमा प्रशिक्षण र अन्तरक्रिया भएको छ ।
राजधानी कोपनहेगनमा शुक्रवारदेखि सुरु भएको सो कार्यक्रमकाे प्रमुख अतिथि तथा नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले उद्घाटन गरेका हुन्। महामन्त्री शशांक कोइराला लगायत नेताहरुले सम्बोधन गरेका थिए । कार्यक्रममा विश्वभर छरिएर रहेका नेपाली जनसम्पर्क समितिका प्रतिनिधिहरुकाे उल्लेख्य सहभागिता रहेकाे छ ।
कार्यक्रममा प्रबक्ता बिश्वप्रकाश शर्मा, मिनेन्द्र रिजाल,भिष्मराज आङ्दम्बे, धनराज गुरुङ,गोविन्द भट्टराई, किरान पौडेल र बालकृष्ण पाण्डे लगायत कांग्रेसका नेताहरु पनि सहभागी छन् ।