पार्टी एकीकरणका बाँकी प्रक्रिया टुंगो लगाउने विषयमा छलफल गर्न नेकपाकाे सचिवालय बैठक अहीले बसिरहेकाे छ।प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा जारी बैठकमा जिल्ला इञ्चार्ज तथा सहइञ्चार्ज तोक्नेबारे छलफल भइरहेकाेछ ।
नेकपाले जिल्ला इञ्चार्ज र सह–इञ्चार्जको टुङ्गो लगाएपछि साङ्गठनिक एकीकरणका अन्य काम टुङग्याउने तयारी गरेको छ। बैठकमा राजनीतिक प्रतिवेदनमाथि छलफल भएकाे र पार्टीको सांगठनिक एकता र कार्यविभाजनको एजेन्डा प्रस्तुत गरिएकाे छ।
नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भएकाे छलफलले सचिवालय बैठकको एजेन्डा तय गरेको थियाे।यसअघि जेठ २१, २२ र २३ गते सचिवालय बैठक बसेको थियो।