सर्लाहीमा प्रहरी र विप्लव समुहका कार्यकर्ताबीच भिडन्त भएको छ । भिडन्तमा विप्लवका सर्लाही इन्चार्ज कुमार पौडेलको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ ।
सर्लाहीको लालबन्दी नगरपालिका –१ स्थित लखनदेही खोलामा प्रहरीलाई देखेपछि विप्लबका कार्यकर्ताहरुले गोली फायर गरेका थिए । प्रहरीले जवाफी फाइरिङ्ग गरेपछि पौडेलको घटनास्थलमै मृत्यु भएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरिक्षक दान बहादुर थापाले बताए ।
पौडेलको साथबाट पेस्तोल र गोली बरामद भएको प्रहरीले बताएको छ । पौडेल सँगै रहेका अन्य व्यक्तिहरु भागेको र उनीहरुको खोजी कार्य जारी रहेको प्रहरी प्रवक्ता थापाले जनाए ।