सत्तारुढ नेकपाका सांसद योगेश भट्टराईले कम्युनिस्टलाई मात्र कानुन लाग्ने भन्दै प्रतिपक्षी नेपाली कांग्रेसलाई प्रश्न गरेका छनन् । उनले भने, 'दुनियाँले प्रजातन्त्रवादीको श्रीपेच लगाइदिएको पार्टीलाई कानुन नलाग्ने ?'
उनले प्रधानमन्त्रीलाई संसदमा बोल्न नदिएको आत्मालोचना गर्नुको साटो विपक्षी दलको नेता रिसाएको बिरालोझैं प्रस्तुत भएको टिप्पणी गरेका छन् । ‘मलाई त लागेको थियो कि कांग्रेसले संसदमा जे भयो, त्यसमा आत्मालोचना गर्ला,' विनियोजन विधेयकमाथि संसदमा बिहीबार भएको छलफलमा भट्टराईले भने, 'तर, भोलिपल्ट आएर रिसाएको बिरालोले खाँबो चिथोरे जस्तो ढंगले प्रस्तुत हुन थाल्नुभयो ।’
उनले सभामुखको आदेश कांग्रेसले नमानेको आरोपसमेत लगाए । कांग्रेस सभापति शेरबहादुर देउवा लामो समय बेलायतमा बढेको सुनेको तर, त्यहाँको संसदीय अभ्यास नबुझेको टिप्पणी गरे ।