सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहालले मन्त्रिपरिषद् पुनर्गठनको विषयलाई पुन: जगाएका छन् । पोखरामा पत्रकारहरुसँग बिहीबार कुरा गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष दाहालले मन्त्रिपरिषद् पुनर्गठनबारे प्रधानमन्त्री केपी ओलीसँग छलफल भइरहेको बताए । 'तर प्रधानमन्त्रीको क्षेत्राधिकार भएकाले उहाँले चाहेका बेला पुनर्गठन गर्नुहुनेछ,' दाहालले भने ।
उनले आफू पोखराबाट काठमाडौं फर्किएपछि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीसँग पुन: छलफल हुने र त्यसपछि मन्त्रिपरिषद् पुनर्गठनबारे ठोस निर्णय आउने बताए ।