केही समय अघि गाडी खरिदमा भ्रष्टार भएको ठहर भएर वदनाम भएको प्रदेश ५ सरकारलाई फेरी तस्तै खालको काण्ड आईलागेको छ । ५८ लाख भ्रष्टाचार भएको ठहर संसदको सार्वजनिक लेखा समितिले गरेको केही महिना नवित्दै फेरी भ्रष्टारको अर्को घटना सार्वजनिक भएको छ ।
कृषि र स्वास्थ्य उपकरण खरिदमा अनियमितता भएको गुनासो आएपछि प्रदेश ५ को सार्वजनिक लेखा समितिले छानबिन सुरु गरेको छ । सामाजिक विकास र भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयबाट उपकरण खरिदसम्बन्धी कागजात मगाएर उपसमितीले छानबिन थालेको हो ।
सामाजिक विकास मन्त्रालयको स्वास्थ्य निर्देशनालय र प्रादेशिक स्वास्थ्य आपुर्ति व्यवस्थापन केन्द्र र भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले अनुदानका लागि खरिद गरेका कृषि उपकरण र अनुदान वितरणमै अनियमितता भएको गुनासो छ । स्वास्थ्यका एक्सरे मेसिन र रगत जाँच्ने मेसिन खरिदमा अनियमितता भएको आशंका गरिएको छ । प्रादेशिक स्वास्थ्य आपुर्ति व्यवस्थापन केन्द्रले स्वास्थ्य संस्थालाई दिन १६ वटा हेमाटोलोजी उपकरण खरिद गरेको हो ।
यता कृषि मन्त्रालयले उपकरण खरिदमा बढी मुल्य राखिएको उजुरी आएको लेखासमिती सदस्य विष्णु पन्थीले बताए । लेखा समितीले कृषि मन्त्रालयका कागजात छानविन गर्न पन्थीको संयोजकत्वमा चार सदस्यीय र स्वास्थ्य उपकरण खरिदको कागजात छानविन गर्न कुलप्रसाद पोखरेलको संयोजकत्वमा तीन सदस्यीय समिति बनाएको छ ।
यसअघि प्रदेश ५ मा १४ वटा गाडी खरिदमा सार्वजनिक लेखा समितीले गरेको छानविनमा अनियमितता ठहर भएको थियो । त्यसपछि समितिको निर्देशनपछि ५८ लाख बचत भएको थियो । आर्थिक हिसावले निकै पारदर्शी भएको दावी गर्ने प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेल नेतृत्वको सरकार भने एक पछि अर्को अनियमितताको जालोमा फस्दै गैरहेको छ ।