सत्तारुढ नेकपाका सांसद योगेश भट्टराईले गुठी विधेयकलाई स्थगित गरेर नयाँ शिराबाट छलफल थाल्न सुझाव दिएका छन् ।
आइतबार ट्वीट गर्दै भट्टराईले विधेयकको पक्ष र विपक्षमा संसददेखि सडकसम्म आक्रोश पोखिन थालेपछि विधेयक स्थगित गरेर नयाँ शिराबाट छलफल थाल्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका हुन् ।
भट्टराईले आन्दोलनलाई गलत ढंगले प्रयोग गरिन थालेको र साम्प्रदायिक सद्भाव बिथोलिन थालेको तर्फ गम्भीर हुन सुझाव दिएका छन् ।
उनले ट्वीट्मा लेखेका छन्, ‘गुठी विधेयक बुझाउनु पर्नेले बुझाउन सकेनन्, बुझ्नु पर्नेले बुझ्ने कोशिस नै गरेनन् । आगोमा रोटी सेक्न अवाञ्छित पनि मिसिए र साम्प्रदायिक सदभावमाथि धावा बोल्न थाले । प्रधानमन्त्री स्वदेश फर्कनुभयो । अब यो विधेयकलाई स्थगित गरी नयाँ शिराबाट अघि बढ्नु नै उपयुक्त होला ।’