प्रधानमन्त्री केपी ओलीले वाइडबडी प्रकरणमा तत्कालीन पर्यटनमन्त्री दिवंगत रवीन्द्र अधिकारी निर्दोष रहेको बताएका छन् ।
युरोप भ्रमणबाट फर्किएर स्वदेश आइपुगेका प्रधानमन्त्री ओलीले विमानस्थलमा पत्रकारहरुसँगको कुराकानीमा अधिकारीको बचाऊ गर्दै यस्तो बताएका हुन् ।
वाइडबडीबारे पत्रकारहरुको प्रश्नपछि जवाफमा उनले कसैलाई दोषी वा निर्दोष भनेनन् । बरु छानबिन भइरहेको विषयमा आफूले नबोल्ने बताउँदै सन्तुलित हुने कोसिस गरे ।
गैरजवाफदेही पाराले भ्रष्टाचार बढ्यो र फलानाले खायो, भनिँदै गरे पनि आफू भने परिणाम नआई कसैका बारेमा केही नभन्ने प्रधानमन्त्री ओलीको भनाइ थियो । ‘वाइडबडी चैं छानबिन हुँदै छ, जो दोषी छ, ऊ उम्किन पाउँदैन । दोषीमाथि कारबाही हुन्छ,’ प्रधानमन्त्रीले थपे, 'छानबिन हुँदै गरेका कुरामा मैले धेरै के भनौं ? गैरजवाफदेही पाराले बढ्यो भ्रष्टाचार, फलानाले खायो, भनिँदै छ ।'