प्रधानमन्त्री केपी शर्मा ओलीले विवादास्पद गुठी विधेयक सच्याइने बताएका छन्। आज युरोप भ्रमणबाट फर्केलगत्तै त्रिभुवन विमानस्थलमा पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले गलत नियत राखेर गुठी विधेयक नल्याइएको दाबी गरे।
‘विधेयकमा धर्म–संस्कृति,परम्परासँग अमिल्दा प्रावधान छन् भने त्यसलाई सच्याइने छ। यो सरकारले जनता रुवाउँदैन, हामी जनता खुसी पार्न आएका हौं,’ उनले भने।