बेलायत महारानीसँग पनि भेट हुन सकेन। बेलायतमा महारानीसँगको भेटलाई महत्वपूर्ण रुपमा लिने गरिन्छ। कामचलाउ प्रधानमन्त्री भएका बेला भएको भ्रमणमा महारानीसँग भेट हुन नसक्नुलाई परराष्ट्र मामिलाका जानकारहर गलत समयको भ्रमण र कूटनीतिक अपरिपक्कताको परिणाम भएको बताउँछन्।
प्रधानमन्त्री ओलीले महारानीको सट्टा राजकुमार ह्यारीसँग भेट गरेर चित्त बुझाउनु परेको छ। नागरिक दैनिकमा खबर छ।