विगतका वर्षमा जस्तै यस बर्ष पनि असार मसान्त सम्ममा बजेट सक्नै पर्ने बाध्यता छ स्थानीय सरकारलाई। जसरी पनि बजेट सक्नैपर्ने यस्तो बाध्यताले कामको गुणस्तर र बजेटको पारदर्शितामा सधैं प्रश्न उठ्ने गरेको छ। तर पनि स्थानीय सरकारका जनप्रतिनिधिले त्यसको बेवास्ता गर्दै आफु अनुकुल डोजर प्रयोग गर्दै आएका छन्।
उनीहरुले मन्त्रीपरिषदले १ करोडसम्मको आयोजनामा डोजर प्रयोग गर्न नपाउने निर्णयलाई समेत चुनौति दिदै आफूखुसी डोजर लगाएका हुन्। दुई साताअघिको डोजर लगाइएको यो तस्बिर उमाकुण्ड गाउँपालिकाको हो। आफूखुुसी यसरी काम गरेको देखेर रामेछापका सर्बसाधारण भन्न थालेका छन्–स्थानीय सरकारको काम मिलाएर खाम !