राष्ट्रिय जनता पार्टीका सांसद लक्ष्मणलाल कर्णले संविधान संशोधनका पक्षमा भएका दल सरकारमा रहे पनि बिर्सिएकाले सम्झाउन आफू उपस्थित भएको बताएका छन्।
संसदको आजको बैठकमा विशेष समय लिएर बोल्दै उनले उक्त कुरा बताएका हुन् । ‘संविधान संशोधन प्रक्रिया शुरु नगरी हामीलाई संसदबाट बाहिर नधकेलियोस्, संसदीय समितिको निर्देशन सरकार र लोक सेवा आयोगले नमान्ने हो भने संसद्को उपहास हुन्छ, गरिमा कायम गरियोस्, हाम्रो आवाज सुनिँदैन भने हामीले चिच्याउनुको के अर्थ ?’ उनले भने।
संविधानको मौलिक अधिकारलाई मार्बलको अङ्गुर बनाउन खोजिएकाले लोक सेवाका सन्दर्भमा संसदीय समितिले दिएको निर्देशन कार्यान्वयन हुनुपर्ने सांसद कर्णको भनाइ थियो । पूर्वन्यायाधीश गिरिशचन्द्र लालको संयोजकत्वमा गठित आयोगको प्रतिवेदन सरकारको प्रतिबद्धता एवं सभामुखको निर्देशनानुसार छिटो सार्वजनिक गर्न पनि उनले माग गरे।