बेलाबखत रेल ल्याउने योजना सुनाउने गरेका प्रधानमन्त्री केपी शर्मा ओली रेलको अनुभव लिदै बेलायतबाट फ्रान्स पुगेका छन्।
युरोप भ्रमणमा रहेका प्रधानमन्त्री ओली दुईदिने बेलायत भ्रमण सकेर बुधबार रेलबाट फ्रान्स गएका हुन् । प्रधानमन्त्रीले बिहीबार फ्रान्सका प्रधानमन्त्री फिलिप एडुवार्डसँग वार्ता गर्ने कार्यक्रम रहेको छ ।प्रधानमन्त्रीले नेपालमा चीन र भारत दुबैतिरबाट रेल ल्याउने योजना सुनाए पनि त्यो अगाडि बढ्न सकेको छैन ।
दुई दिन स्विटजरल्यान्डमा रहँदा प्रधानमन्त्री ओली अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) शतवार्षिकी समारोहमा सहभागि भएका थिए । त्यहा पनि राजनीतिक भेटघाट गरेका थिए ।