भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले संसदमा दर्ता भएको गुठी बिधेयकले गुठीको अधिकार खोस्न लागेको भनेर अनावश्यक हल्ला फैलाएको बताएकी छिन् ।
बुधबार ललितपुरमा ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडको रजत बर्ष प्रतिक चिन्हको अनावरण कार्यक्रममा बोल्दै मन्त्री अर्यालले सरकारले जनताको कुनै पनि अधिकार नखोस्ने समेत बताए । गुठी भनेको मौलिकता भएको भन्दै यसलाई मास्ने कुरै नभएको उनको भनाई छ ।उनले उक्त बिधेयक राम्ररी अध्ययन गर्न सुझाव पनि दिइन् ।
जनताको सांस्कृतिक र अधिकार तथा भावनाको विपरित सरकार जान नसक्ने भन्दै उनले सास्कृतिक अधिकारलाई थप संरक्षण गर्न बिधेयक ल्याइएको धारणा व्यक्त गरिन् । गुठीसंग जोडिएको समस्या समाधान गर्ने गरी आएको बिधेयकले धर्म संस्कृति परम्पराको रक्षा गर्छ कि गर्दैन भन्ने चिन्ताले गर्दा एक थरीले आवाज उठाइरहेको र गुठी पिडित किसानले आफनो हक सुरक्षित हुनुपर्छ भन्ने खालको अर्को थरी आवाज बाहीर आएको मन्त्री अर्यालको दाबी छ ।