नेपाल विद्यार्थी संघका पूर्व-उपाध्यक्ष ऋषिकेशजंग शाहले सरकारले समावेशीकरणका समुदाय र गैर समावेशीकरणका समुदायबीच द्वन्द्व गराउन खोजेको आरोप लगाएका छन् ।
राजधानीको माइतीघर मन्डलमा बुधबार लोकसेवा आयोग तयारी विद्यार्थीहरुको संघर्ष समितिले गरेको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै उनले सरकारले देशमा द्वन्द्व चाहेको भन्दै त्यो कदमलाई कांग्रेसले नमान्ने बताए । 'त्यसका विरुद्ध आन्दोलन गर्छौं ।'
उनले लोकसेवाको विज्ञापनलाई रद्द नगरेर अहिले खोलिएकोलाई समावेशीकणनयुक्त बनाई परिक्षा प्रक्रियामा लैजान माग गरे । वर्तमान सरकारले यो विज्ञापन रद्द गरेर करारमा आफ्ना कार्यकर्ता भर्ती गर्न खोजेको उनको जिकिर छ ।
करारको बाटोमा सरकार गए सरकारलाई नेपाली जनतासामु घुँडा टेक्न बाध्य बनाउने उनले चेतावनीसमेत दिए । शाहले सामावेशीका जन्मदाता कांग्रेस भएको र त्यसको सुरुवात बिपी कोइरालाको मन्त्री मण्डलबाट भएको पनि उल्लेख गरे ।