प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले कसैको मानहानी नहुनेगरी प्रदेशको सम्पर्क भाषा बनाइने स्पष्ट पारेका छन् ।
सोमबारको प्रदेशसभा बैठकमा प्रतिपक्षी दल नेकपा र काँग्रेसले सरकारले जर्बस्ती हिन्दी भाषा लाद्न खोजेको भनी सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै उनले सबै भाषाभाषीलाई मिलाएर अघि बढ्ने विश्वास दिलाएका हुन् । विपक्षी दलका सांसदहरुले सरकारको नीति तथा कार्यक्रममा एक सहिद परिवार एक रोजगार कार्यक्रममा मधेस आन्दोलनका सहिदलाई मात्र समेटिएकोमा आपत्ति जनाएकोप्रति बोल्दै मुख्यमन्त्री राउतले अन्य सांसदहरुका कुरा समेत समेट्न प्रयास गर्ने प्रयस गर्ने प्रतिबद्धता जनाए ।
‘विभिन्न आन्दोलनमा भएका सहिदरुलाई पनि हामी सम्ममान गर्छौ तर यहाँहरुका भावनाहरुलाई समेत समेट्ने प्रयास गर्छौ’, उनले भने ।
नीति तथा कार्यक्रममा सबै वर्गका व्यक्तिलाई समेट्ने प्रयास गरिएको उनले दावी गरे । प्रदेश सरकारले संघीयता कार्यन्वयनकालागि बनाउनुपर्ने ऐनकालागि प्रतिबध रहेको उनले बताए । ‘कुनै हिंसा हुँदा हामीसँग प्रहरी नभएर हामी मुकदर्शक भएर मात्र बसेका हुन्छौँ,’ उनले भने, ‘संघीयताको अर्थ आफनो शासन आफ्नो प्रशासन, बेरोजगार युवालाई रोजगार दिनु पनि हो ।’
मुख्यमन्त्री राउतले गएको आर्थिक वर्षमा कर्मचारी अभावका कारण बजेट कार्यन्वयन हुन नसकेको बताउँदै अब कुनै हालतमा आफ्नै प्रहरी, प्रशासन गठन गरी हजारौँ युवाहरुलाई रोजगारी दिनेगरी सरकारले नीति लिएको उल्लेख गरे ।
सरकारले ल्याएको नीति तथा कार्यक्रमबाट विपन्न, दलित, गरिब तथा मुस्लिलाई समाजिक रुपान्तरण गर्न सकिने दावी गरे । मुख्यमन्त्री राउतले समृद्ध बनाउन नीति तथा कार्यक्रममा सांसदहरुले दिएको सुझाव स्वागतयोग्य रहेको उनको भनाइ थियो । उनले नीति तथा कार्यक्रममा सांसदहरुले उठाएका कुराहरु सम्बोधन गर्न तयार रहेको बताए ।