नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले कम्युनिस्टहरुले कांग्रेससँग डराएर पार्टी एकता गरेको बताएका छन् ।
अछामको रामारोशन गाउँपालिकाको मुजाबगरमा भएको आमसभालाई सम्बोधन गर्दै नेता थापाले कांग्रेस बलियो पार्टी भएकाले मात्रै नेकपा एमाले र नेकपा माओवादी केन्द्र डराएर एकता गरेको बताए ।
कांग्रेस जनताको पार्टी भएकाले अब जनताले कांग्रेसलाई नै साथ दिने उनको विश्वास थियो । उनले नेता तथा कार्यकर्तालाई नआत्तिन आग्रहसमेत गरे । वर्तमान अवस्थामा दुई पार्टी मिलेर पनि देशमा केही गर्न नसकेको नेता थापाको आरोप थियो ।
उनले वर्तमान सरकारले ल्याएका कार्यक्रम जनमैत्री नभएको उल्लेख गरे ।