प्रदेश ३ सरकारले ल्याएको नीति तथा कार्यक्रम शुक्रबार प्रदेश सभाबाट बहुमतले पारित भएको छ ।
प्रदेश सभामा यही जेठ १४ गते प्रदेश प्रमुख अनुराधा कोइराला र मुख्यमन्त्री डोरमणि पौडेलले प्रस्तुत गरेको नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो ।
नीति तथा कार्यक्रम माथिको छलफलमा बिहीबार र शुक्रबार सांसदहरुले भाग लिएका थिए । छलफलमा भाग लिने सत्तापक्षका सांसदले नीति तथा कार्यक्रम राम्रो भएको बताए पनि प्रतिपक्षलगायतका दलका सांसदहरुले भने नीति तथा कार्यक्रम प्रचारमुखि नारैनारा मात्र आएका बताएका थिए ।