भारतीय लोकसभा चुनावमा सत्तारूढ भारतीय जनता पार्टीले ऐतिहासिक सफलता पाएको खुसीयालीमा नेपालको वीरगन्जमा दीप प्रज्वलन गरिएको छ।
विश्व हिन्दू संगठन तथा ओईसही नागरिक समाजको ब्यानरमा दीप प्रज्वलन गरिएको हो।
घण्टाघरबाट मोटरसाइकल ¥यालीसहित युवाहरुले भारतको झण्डा र प्रधानमन्त्री नरेन्द्र मोदीको फोटो लिएर नगर परिक्रमा गरेका थिए।
उनीहरुले मोदीको जितले हिन्दूको हित हुने बताउँदै नेपाललाई पुनः हिन्दू राष्ट्र घोषणा गर्नुपर्ने बताएका थिए।