नेपाली कांग्रेसका कार्यबाहक सभापति विमलेन्द्र निधिले भारतीय लोकसभाको चुनावमा भारतीय जनता पार्टीले ठूलो सफलता हासिल गरेकोमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय जनता पार्टीका अध्यक्ष अमित शाहलाई बधाई दिएका छन्।
कांग्रेस कार्यबाहक सभापति निधिले बिहीबार साँझ ट्वीट गर्दै सन् २०१९ को लोकसभा चुनावमा भारतीय जनता पार्टीले प्राप्त गरेको सफलताका लागि बधाई दिएका हुन्।