कंग्रेस अध्यक्ष राहुल गान्धीले केरलको वायनाडबाट चुनाव जितेका छन् । उनी विपक्षीभन्दा ८ लाखभन्दा बढी मतले विजयी भएका हुन्, जुन भारतीय इतिहासमै अहिलेसम्मकै सबैभन्दा बढी चुनावी अन्तर हो ।
उनी अमेठी लोकसभा सिटमा भने भाजपाकी स्मृति इरानीभन्दा १९ हजार मतले पछाडि छन् ।
यस्तै, गान्धीनगर सिटबाट भाजपा अध्यक्ष अमित शाहले चुनाव जितेका छन् । उनले ५ लाख ५४ हजारभन्दा बढी मतले विपक्षीलाई हराएका हुन् ।
अहिलेसम्म भाजपाले ६ र कंग्रेसले १ स्थानमा जित हासिल गरेका छन् । भाजपा नेतृत्वको गठबन्धन एनडीए ३५० स्थानमा अगाडि छ ।