सभामुख कृष्णवहादुर महराले समितिमा आएका बिधेयकमा अन्यौल देखिए कानूनी राय लिन सुझाव दिएका छन्।
राष्ट्रियसभा अन्तर्गत प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले आयोजना गरेको अन्तरक्रियामा सभामुख महराले समितिमा आएका बिधेयकमाथि पर्याप्त छलफल हुनुपर्ने भन्दै नियमावली नमिचि पारित गर्नुपर्ने बताए।
सरकारलाई सहि ट्रयाकमा राख्न पनि सरकारले ल्याएका बिधेयकमाथिको छलफललाई गम्भीर रुपमा लिनुपर्ने उनको भनाई थियो। सभामुख महराले सरकारको ऐन नियमावली र कार्यविधिमाथि पनि सरकारी आश्वासन समितिले बिशेष ध्यान दिनुपर्नेमा जोड दिए।
कानूनमा बन्नुअघि ऐनमाथिको छलफल गर्ने दायित्व सांसदको हुने भएकाले सरोकारवालासंगको छलफललाई पनि महत्व दिनुपर्ने उनको भनाई थियो।