भारतीय लोकसभा चुनाबको अन्तिम मतपरिणाम सार्बजनिक नहुँदै प्रधानमन्त्री केपी ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई बधाई दिएका छन्।
प्रधानमन्त्री ओलीले आज अपराह्न ट्वीट गर्दै २०१९ को लोकसभा चुनावको जितका लागि भारतीय समकक्षी मोदीलाई बधाई दिएका हुन्।
मोदीको आगामी कार्यकालको सफलताको शुभकामना दिदैं प्रधानमन्त्री ओलीले मोदीसँग निकट रहेर काम गर्न तत्पर रहेको उल्लेख गरेका छन्। मतगणना जारी भइरहेका बेला प्रधानमन्त्री ओलीले हतारमा समकक्षी मोदीलाई बधाई दिनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ।