भारतीय लोकसभा निर्वाचनको प्रारम्भिक मतपरिणाम सार्वजनिक हुने क्रम शुरु भइसकेको छ।
५४२ सिटका लागि ७ चरणमा भएको निर्वाचनको अहिलेसम्म प्रारम्भिक मत परिणाम सार्वजनिक भएको हो। जसमध्ये ४५४ सिटको प्रारम्भिक मत परिणाम सार्वजनिक हुँदा सत्तारुढ दल भाजपाको गठबन्धन २८९ सिटमा अगाडी देखिएको छ भने कंग्रेसको यूपीए गठबन्धन ९० सिटमा अगाडी छ।
प्रारम्भिक मत परिणा अनुसारको नतिजा आएमा फेरि पनि नरेन्द्र मोदी नै प्रधानमन्त्री बन्ने निश्चित छ। तर यूपीए गठबन्धनले २०१४ को निर्वाचन भन्दा राम्रो मत ल्याएकाले उसको हैसियत लोकसभामा विगतको भन्दा बलियो नै देखिने छ।