प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश निजामती सेवा सम्बन्धी विधेयक पास भइ कानुन सकेपछि संघीय सरकारले आफ्नो कर्मचारी लगेपनि कुनै फरक नपर्ने बताएका छन् ।
बुधवार बसेको प्रदेशसभाको बैठकमा निजामती सेवा सम्बन्धी बनेको विधेयकको सैद्धिन्छ छलफलको क्रममा उठेका प्रश्नहरुको जवाफ दिँदै मुख्यमन्त्री राउतले संघीयता बलियो बनाउन सक्दो चाँडै उक्त विधेयक पास गर्न सांसदहरुलाई आग्रह गरेका छन् ।
‘अहिले सचिव स्तरका कर्मचारीसँग बोल्दा उनलाई हर्ट हुन्छ कि ? जस्तो महसुस हुने गर्छ, उनीहरुसँग सोचेरै बोल्नुपर्ने अवस्था छ,’ उनले भने, ‘ यो विधेयक पास भएपछि संघीय सरकारले आफ्नो कर्मचारी लगे हुन्छ, यहीँका इमान्दार र सक्षम युवाहरुलाई रोजगारीका अवसर मिल्ने छ ।’
संघीयताको अर्थ आफ्नै ठाउँमा सेवा, सुविधा पाउने रहेको बताउँदै मुख्यमन्त्री राउतले लोकसेवा र निजामती सेवासमबन्धी विधेयक पास भए संघीयता बलियो दावी गरे ।