नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले अहिलेको कम्युनिष्ट सरकारले ३६५ दिन नै अप्रिल फुल मनाउन थालेको आरोप लगाएका छन् । उनले जनतालाई झुक्काएर ओली सरकारले गलफती गरिरहेको टिप्पणी गरे । उनले झुटैझुटको पुलिन्दा वर्तमान सरकारको भण्डाफोरका लागि कांग्रेसले जागरण अभियान थालेको बताएका छन् ।
उखानटुक्का हालेर चरम राष्ट्रवादी कहलिएका वर्तमान प्रधानमन्त्री एक वर्ष भित्रै नाङगिएको पनि बताए । उनले सरकारले गरेको गलत कामको कांग्रेसले अव टुलुटुल हेरेर बस्न नसक्ने बताए ।
नेपाली कांग्रेस सैनामैना नगर समितिले बुधबार आयोजना गरेको जनजागरण अभियानमा बोल्दै भण्डारीले कांग्रेसलाई मजबुद बनाउनको लागि जनजागरण अभियान सफल हुने विश्वास व्यक्त गरे । जागरण अभियानका लागि रुपन्देहीमा खटिएका कांग्रेस नेता डिल्ली चौधरी वाहिर भएकाले कपिलवस्तुमा प्रतिनिधि रहेका भण्डारी रुपन्देही आएका थिए । उनले पार्टिका नेताहरुलाइ गालि गरेर कांग्रेस मजवुद नहुने भन्दै त्यसका लागि संगठन निमार्णमा जोड दिए ।
सो अवसरमा प्रतिनिधि सभाका प्रत्यासी युवराज गिरीले नेकपाका महासचिब विष्णु प्रसाद पौडेलले बालुवाटार जग्गा काण्डमा बिचौलियाकाको काम गरको आरोप लगाए ।
उनले सरकारी जग्गालाई निजीकरण गरेर जनतालाई धोका दिएको भन्दै कारवाहीको माग गरे । नेपाली कांग्रेस जिल्ला उपसभापति फडिन्द्र प्रसाद शर्माले जनजागरण अभियानबाट नेपाली कांग्रेस बलियो बन्दै जाने बताए ।
जिल्ला सचिब रामकृष्ण खाँणले लोकतन्त्र प्रजातन्त्रको रक्षा गर्दै कांग्रेसलाई सुदृढिकरण गरी गतिशिल बनाउँनको लागि जनजागरण अभियान अवश्यक रहेको बताए ।