प्रदेश २ सरकारले आफूहरुले उठाएका माग सम्बोधन नगरेको भन्दै सत्तारुढ सांसदहरुले आलोचना गरेका छन् । मंगलवार बसेको प्रदेशसभा बैठकमा सत्तारुढ सांसदहरुले पटक-पटक उठाएका मागलाई सरकाले बेवास्ता गर्दै आएको भन्दै सरकारप्रति आक्रोश व्यक्त गरेका हुन् ।
प्रदेशसभाको विशेष समयमा बोल्दै समाजवादी पार्टीकी सांसद चमेली देवी दासले सरकार प्रतिपक्षीलाई मात्र सुन्ने गरेको आरोप लगाइन् । ‘प्रदेश सरकार विपक्षीकै कुरा सुनेर चलिरहेको छ सत्तापक्षको कुरा सुन्दै सुन्दैन्,’ उनले भनिन् । संघीय सरकारको कार्यविधी अनुरुप नै प्रदेश सरकारले पनि जनता आवास कार्यक्रम लागु गरकाले त्यसमा संशोधन गर्न उनले माग गरिन् ।
‘जनता आवास कार्यक्रम त्रुटीपुर्ण छ यसमा शंसोधन हुनुपर्छ, बजेट थप्नुपर्छ,’ उनले भनिन् । उनले जनता कार्यक्रम अहिलेसम्म कार्यन्वयनमा नआएको भन्दै गरिब तथा दलित जनता कहिलेसम्म घरबिहीन भएर बस्ने प्रश्न गरिन् । राजपा सांसद रानी शर्मा तिवारीले सदनमा उठाएका प्रश्नहरुको सरकारको तर्फबाट कहिल्यै जवाफ नआएको बताइन् । ‘सदनमा हामीले पटक पटक यी कुरा दोहर्याउँदै आएका छौँ तर आजसम्म यसबारे केही भएको छैन,’उनले थपिन् ।
प्रदेशमा विद्यमान शिक्षाको नाजुक अवस्थामा सुधारकालािग सरकारले पहल नगरेको उनले आरोप लगाइन् । ‘भवन निर्माण गरेर मात्र शिक्षामा सुधार हुँदैन प्रदेशमन्त्रीका छोराछोरीलाई अनिवार्य सामुदायिक विद्यालयमा पढनैपर्ने प्रावधान राख्नुपर्छ, उनले भनिन् ।
काँग्रेस प्रदेश संसदीय दलका नेता राम सरोज यादवले सरकार संवेदनहीन अँधो र बहिरो भएको टिप्पणी गरे । ‘हाम्रो परम्परामा बच्चा जन्मेको ६ दिनमा छठियार भइ नामाकरण हुन्छ तर प्रदेश सरकार गठन भएको १६ महिना भयो,’ उनले भने, ‘अहिलेसम्म प्रदेशको नामा, भाषा र राजधानी के कहाँ राख्ने अहिलेसम्म अतोपतो छैन त्यसैले सरकारलाई संस्कारबिहीन भनेको हुँ ।’ पटक पटक मुख्यमन्त्री तथा मन्त्रीहरुलाई यी प्रस्ताव ल्याउन आग्रह गर्दा बसेर कुरा गर्ने भन्दै जवाफ पर्काउँदै आएपनि हालम्म औपचारिक रुपमा बस्न नसेकाले सरकारलाई निकम्मा सरकार समेत भन्नु परेको उनले तर्क दिए ।
प्राचिन मिथिलाको राजधानी, पायक पर्ने स्थान तथा आवश्यक सम्पुर्ण भौतिक पुर्वाधारलाई आधारमा मानी जनकपुरलाई प्रदेशको स्थायी राजधानी तोक्नुपर्ने उनको भनाइ थियो । प्रदेशको कामकाजको भाषा मैथिली र नाम मिथिला भोजपुरा प्रदेश राख्नुपर्ने उनले बताए । नेकपा सांसद रुबी कर्णले प्रदेश सरकारले क्षेत्रीय विकासकालािग छुट्टयाएको बजेट कहिले कार्यन्वयन हुने भनेर सरकारलाईप प्रश्न गरिन् । उनले अषाढ आउन लागेको भन्दै छिटै बजेट कार्यन्वयन गर्न सरकारलाई आग्रह गरिन् ।
यस्तै नेकपा सांसद ज्वाला कुमारी साहले प्रदेश २ को आठवटै जिल्लामा अव्यवस्थित बसोबास भैरहेकाले जनतालाई राहत अनुभुती हुनेगरी व्यवस्थित बनाउन माग गरिन् । ‘कति जग्गा अव्यस्थित, कति एलानी छ सके सरकारले प्रमाणपुर्जाको व्यवस्था गनुपर्छ,’ उनले भनिन् । प्रदेश सरकारले संघीय सरकाबाट पहल गरी यी समस्या समाधानकालािग अग्रसरता देखाउनुपर्ने उनको भनाइ थियो । साहले आफुहरु हामी कानमा तेल लगाएर टुहरा भएको महसुस भैरहेको टिप्पणी गरिन् । ‘सरकारले सुन्दै जाने र आश्सान मात्र दिने गरेका छन् । तर आम जनता, पत्रकार, मजदुरका समस्या कसले समाधान गरिदिने ? हामी सबैजना आज निराशमा छौँ,’ उनले थपिन् ।