श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले जनकपुरस्थित श्रम तथा रोजगार कार्यालय अनुगमन गरेका छन् ।
अनुगमनको क्रममा सेवाग्राहीहरुले उनलाई कार्यालयमा भोग्नु परेका समस्या सुनाएका थिए । सेवाग्राहीले श्रम स्वीकृति लिन हप्तौ दिन कुर्नु परेको र कर्मचारीले झर्केर बोल्ने गरेको लगायतका समस्याहरु सुनाए । उनीहरुले कार्यालय एकान्त कुनामा रहेकाले पहिले खोज्ने गाह्रो हुने र पछि विचौलीहरुले समेत पैसा माग्ने गरेको बताएका थिए ।
समस्या सुन्दै मन्त्री विष्टले कार्यालयमा भएका समस्या छिट्टै समाधानकालागि प्रयास गर्ने बताए । उनले कार्यालय एकान्त कुनामा रहेकाले समेत सेवाग्राहीलाई समस्या हुने भएकाले कार्यालय सार्न समेत निर्देशन दिए । उनले कार्यालयका कर्मचारीलाई सेवाग्राहीलाई कुनै समस्या नहुनेगरी सहज सेवा प्रदान गर्न निर्देशण दिएका थिए ।