प्रदेश नं ५ को बजेट अधिवेशन बिहिबारदेखि सुरु भएको छ । प्रदेशसभाको चौथो अधिवेशनको पहिलो बैठकमा प्रदेशसभा सदस्यहरुले दलगत रुपमा आ आ–आफ्नो धारणा राखे ।
बैठकमा नेकपाका सांसद कृष्ण ध्वज खड्काले प्रदेश नं ५ लाई नमूना प्रदेशको रुपमा विकास गर्ने कार्ययोजना सहितको बजेट ल्याउनुपर्ने बताउदै त्यसमा सत्ता पक्ष र विपक्ष नभनि एकतावद्ध भएर अगाडि बढ्नुपर्ने सुझाव दिए ।
सबै दलहरु मिलेरै मुलुकमा पटक÷पटक राजनीतिक परिवर्तन भए पनि परिवर्तनलाई संस्थागत गर्ने क्रममा दलहरु चेकेको बिगतको तितो अनुभव सुनाउदै उनले पछिल्लो पटक भएको राजनीतिक परिवर्तनबाट प्राप्त उपलब्धि संस्थागत गर्न सबै दल मिलेर जानुको विकल्प नभएको बिचार व्यक्त गरे ।
कांग्रेस सांसद डिल्ली बहादुर चौधरीले ग्रामिण क्षेत्रमा बसोवास गर्ने जनताको अवस्था हेर्दा हामि अझैपनि द्धापर युगमै रहेको अनुभति हुने भन्दै जनताका आधारभूत आवस्यकता पिउने पानि,सडक,सिंचाईलाई केन्द्रमा राखेर नीति तथा कार्यक्रम र वजेट ल्याउनुपर्नेमा जोड दिए ।
शिक्षा,स्वास्थ्य जनताको पहुँच पुग्ने खालको वजेट ल्याउन सुझाव दिदै उनले प्रदेशलाई बलियो बनाउन र विकास निर्माणका लागि नेपाली कांग्रेस प्रमुख प्रतिपक्षी दल नभनेर सरकारलाई रचनात्मक सहयोग गर्ने प्रतिवद्धता जनाए ।
मिडीया काउन्सिल विधेयक र मानव अधिकार आयोगको क्षेत्राधीकारमा संकुचन गर्ने प्रयास सम्बन्धि समाचारहरु सार्वजनिक भएको प्रति ध्यानाकर्षण गराउदै उनले प्रेस र मानव अधिकार आयोगलाई संकुचन गरिए लोकतन्त्रनै धरापमा पर्ने बताए । समाजवादी पार्टीका सांसद सहषराम यादवले कृषिको विकास बिना मुलुक समृद्ध बन्न नसक्ने भन्दै कृषिलाई प्राथमीकतामा राखेर वजेट ल्याउनुपर्ने सुझाव दिए ।
।बैठकमा राजपा सांसद कल्पना पाण्डेले प्रदेश सरकार अन्तर्गत अहिले सम्म महिला संरचना जबनेको भन्दै महिलाहरुका समस्या राख्ने एउटा छुट्टै संरचना बनाउन सुझाव दिइन् । राष्ट्रिय जनमोर्चाकी सांसद तारा जिसीले तेस्रो अधिवेशन सम्पन्न भएर चौथो अधिवेशन सुरु हुदा सम्म प्रदेशको स्थायी राजधानी र नामाकरणको बिषय टुंगो लगाउन नसकेको भन्दै चौथो अधिवेशनबाट राजधानी र नामाकरणको टुंगो लगाउनुपर्नेमा जोड दिइन् ।
यस अघि बैठकको प्रारम्भमै सभामुख पूर्ण बहादुर घर्तीले प्रदेश प्रमुख उमाकान्त झाबाट बजेट अधिवन आह्वान सम्वन्धि पत्र पढेर सुनाउनुका साथै प्रदेशसभाबाट पारीत भएका विधेयकहरु प्रदेश प्रमुखबाट प्रमाणिकरण भएको पत्र पढेर सुनाएका थिए । प्रदेशसभाको अर्को बैठक जेठ ९ गते दिउसो १ बजे बस्नगरी स्थगित भएको छ । अबको वैठकमा सरकारको निति तथा कार्यक्रम प्रस्तुत हुने पनि सचिवालय स्रोतले बताएका छ ।