प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिले मेलम्ची खानेपानी आयोजनाको बाँकी काम समयमै सम्पन्न गर्न सरकारलाई निर्देशन दिएको छ ।
सिंहदरबारमा बुधबार बसेको समिति बैठकले मेलम्ची खानेपानी आयोजनाका बाँकी काम छिटो सम्पन्न गर्न खानेपानी मन्त्रालयलाई निर्देशन दिएको हो । खानेपानी तथा सरसफाइ नीति ल्याउन, खानेपानी र सरसफाइका क्षेत्रमा सञ्चालित योजनाका काम समयमै सम्पन्न गर्न अनुगमन प्रभावकारी गर्न पनि समितिले मन्त्रालयलाई निर्देश दिएको छ । तराई/मधेशका जिल्लामा खानेपानीमा देखिएका आर्सेनिक र हिमाल एवं पहाड जिल्लाका सुख्खाग्रस्त क्षेत्रमा लिफ्टमा माध्यमबाट खानेपानी उपलब्ध गराउन पनि समितिले निर्देशन दिएको छ । समितिले सरकारको नीति तथा कार्यक्रम अनुसारनै आगामी आर्थिक वर्षको बजेट निर्माण गर्नरगराउन पनि खानेपानी मन्त्रालयलाई सचेत समिति सभापति कल्याणी खड्काले जानकारी दिइन्।
बैठकमा खानेपानी मन्त्री बीना मगरले खानेपानी योजना हुने, कार्यालय नहुने, कार्यालय हुने अनि योजना नहुने स्थितिलाई अन्त्य गरिने बताइन् । भूकम्पले क्षति पु¥याएका ७७८ खानेपानी योजनामध्ये १०९ योजना मात्र सम्पन्न हुन बाँकी रहेको भन्दै उनले ती पनि आगामी वर्षभित्र सम्पन्न हुने जानकारी दिइन् ।
बैठकमा सांसदहरुले खानेपानी र सरसफाइ योजना बनाउँदा प्रभाव र दबाबभन्दा आवश्यकताका आधारमा छनोट गर्न, अधुरा खानेपानी योजनालाई सम्पन्न गराउन, सुख्खाग्रस्त क्षेत्रमा लिफ्टका माध्यमबाट पानी पु¥याउन र मेलम्ची खानेपानी आयोजनाका बाँकी काम सम्पन्न गर्न सरकारको ध्यानाकर्षण गराएका थिए ।
खानेपाानी मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माले खानेपानी तथा सरसफाइसम्बन्धी नयाँ ऐन तर्जुमा गर्न लागेको, पहुँच र प्रभावका आधारमा मन्त्रालयले खानेपानी योजना तर्जुमा नगरेको स्पष्ट पार्दै आर्थिक समृद्धिका लागि खानेपानी क्षेत्रमा बजेट वृद्धि गरिनुपर्नेमा जोड दिए ।