नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले, पार्टीलाई संगठित वनाउन कांग्रसमा आमूल परिवर्तन हुुनुुपर्ने बताएका छन् । उनले जनताले पत्याउने खालको पार्टी वनाउनपनि कांग्रेसभित्र परिवर्तन आवश्यक रहेको बताए ।
नेपाल महिलासंघको दुुई दिने प्रशिक्षण कार्यक्रमको आज विराटनगरमा उद्घाटन गर्दै पाैडेलले कांग्रेसप्रति जनताको विश्वास जोडिएकाले पार्टीलाई नयाढंगवाट अघि वढाउनुुपर्ने आवश्यकतमा जोड दिए । उनले समयमा महाधिवेशन नभए पार्टी कमजोड हुुनेभन्दै कुुनैपनि हालतमा तोकिएको समयमा महाधिवेशन हुुनुुपर्ने बताए। नेता पौडेलले यो वा त्यो वहानमा महाधिवेशन मिति सार्न नहुुने पनि बताए।
पार्टीभित्रको अन्तरद्धन्दका कारण गत निर्वाचनमा कांग्रेसले पराजय भोग्नुु परेकाले समयमा पार्टीको महाधिवेशन गरेर कांग्रेसलाई वलियो वनाउनुुपर्ने पाैडेलकाे भनाइ थियाे। वर्तमान सरकारले लोकतन्त्रको मुुल्य मान्यतालाई विर्सेर अघि वढेको उनले आरोप लगाए । उनले सरकारले सदनमा प्रस्तुुत गरेको विधेयकलेपनि सरकारले लोकतन्त्रको मुुल्य मान्यतालाई विर्सेको प्रष्ट हुुन्छ भने ।
नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले महिलाहरुले आफनो हक अधिकारका लागी संगठित हुुनुुपर्नेमा जोड दिए । पार्टीभित्र हरेक तहतप्का महिलाहरुलाई ५० प्रतिशत आरक्षण हुुनुुपर्ने उनले बताए ।
नेपाली कांग्रेसका केन्द्रिय सदस्य कृष्ण सिटौला, नेर्तत्वको अन्तरकलह र लुुछाचुुडिले पार्टीलाई कमजोड वनाइरहेकाले यस्को उचित व्यवस्थापन हुुनुुपर्ने बताए। कांग्रेसभित्र विश्वासको संकट रहेको भन्दै नेतृत्वतहले आफुुलाई सच्याउनुुपर्ने उनको भनाई थियो । उनले नेतृत्वतहकै कारण कांग्रेस यो अवस्थामा पुुगेको वताए ।
कांग्रेस केन्द्रिय सदस्य रामशरण महत, डा शेखर कोइराला , महेश आचार्य तथा डा मिनेन्द्र रिजालले सरकारले मानव अधिकार तथा संचार जगतलाई विधेयक मार्फत अंकुुस लगाउन खोजेको आरोप लगाउर्दै यो कुरा कांग्रेसलाई सह्य नहुुने बताए ।