‘कमरेड, हाम्रो प्रिय जय नेपाललाई तिम्रो स्टालिनको लाल सलाम चाहिन्न।’
सरकारका प्रवक्ता सञ्चारमन्त्री गोकुल बास्कोटाले जय नेपाल शब्दमाथि प्रश्न उठाएपछि कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जवाफ दिदैं सामाजिक सञ्जालमा यस्तो ट्वीट गरेका हुन्।
मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री बास्कोटाले ‘मेरो सरकार’ शब्दमाथि विरोध जनाउने कांग्रेसले राजा महेन्द्रले भन्न सुरु गरेको जय नेपाल शब्द किन अहिलेसम्म प्रयोग गरिरहेको भन्ने प्रश्न गरेका थिए।
मन्त्री बास्कोटाको अभिब्यक्तिको जवाफ दिँदै कांग्रेस प्रवक्ता शर्माले ट्वीट गरेका छन्, ‘जय नेपालको स्वाभिमानी भावलाई कसैले विवाद र बहसमा ल्याउन चाहन्छ भने आक्रोश बेगर मुस्कुराउंदै जवाफ केवल यतिदिए पुग्छ जस्तो लाग्छ....
कमरेड!
हाम्रो प्रिय जय नेपाललाई तिम्रो स्टालिनको लाल सलाम चाहिन्न!