नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले अहिलेको कम्युनिष्ट सरकार गरीबको नाममा राजनीति गर्दै सत्तामा पुगरे मोजमस्तीमा लागेको बताएका छन् ।
मंगलबार रामेछापको पुरानो सदरमुकाम रामेछाप बजारमा नेपाली काँग्रेस रामेछाप नगर समितिले आयोजना गरेको शब बहान हस्तान्तरण कार्यक्रमका अबसरमा नेता पौडेलले कम्युनिष्ट सरकारले देशको अख्तियार देखि सर्वोच्च अदालत सम्मका निकायलाई आफ्नो प्रभावमा पारेर देशमा अराजक मच्चाउँदै मुलुकलाई भ्रष्टचारमा चुर्लुम डुबाएरको आरोप लगाएका हुन ।
उनले दुई तिहाईको कम्युनिष्ट सरकार गठन भए देखि नै आफ्नै पार्टीका नेताहरुको नाम भ्रष्टचारमा जोडिएर आएका दर्जनौ प्रमाण हुँदा हुँदै पनि प्रधानमन्त्री आफैले उनीहरुको कुनै किसिमको भ्रष्टाचारमा संलग्ता छैन भन्नुले आफ्ना मान्छे जोगाउने तर्फ प्रधानमन्त्री आफै केन्द्रित भएर लागेको आरोप समेत लगाए ।
यस्तै,समाजसेवी भरत प्रसाद चौलागाईले रामेछाप नगरपालिकालाई निःशुल्क रुपमा उपलब्ध गराएको शब बहान हस्तान्तरण कार्यक्रममा बोल्दै नेपाली काँग्रेस नेता डा. रामशरण महतले केही समय देखि राष्ट्रिय ऋण बढ्दै गइरहेको र त्यसको नियन्त्रणको साटो काग्रेसको नेतृत्वमा गठन भएको सरकारले विगतमा शुरु गरेका कामलाई मेरो सरकाले गरेको हो भनेर सस्तो प्रचारबाजीमा लागेको आरोप लगाए । बर्तमान सरकारको सर्वसत्ताबादी चरित्रको विरुद्धमा काग्रेस कार्यकर्तालाई एक भएर जुट्न पनि महतले आग्रह गरे ।
निःशुल्क रुपमा रामेछाप नगरपालिकालाई सब बहान उपलब्ध गराएर सहयोग गर्ने नेपाली काग्रेसका महादिबेसन प्रतिनिधि समेत रहेका भरत प्रसाद चौलागाईले आफूले कमएको केही पैसा समाज सेवामा लगाएको बताए ।
उनले रामेछाप नगरपालिकाको वडा नम्बर ७ मा रहेको कालिका डिप बोरिङ खानेपानीलाई पाँच लाख, वडा नम्बर ८ र ९ मा बन्दै गरेको बृहत सुनकोशी लिफ्ट खानेपानीलाई पाँच लाख छुट्टा छुट्टै रुपमा र शब बहानको चालकको १ बर्षको तलब रु २ लाख १८ हजार समेत रामेछाप नगरापालिकालाई हस्तान्तरण गरेका थिए ।