प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सांसद डिला संग्रौलाले काण्डै-काण्डको सरकारले देशमा विकास र समृद्धि ल्याउन नसक्ने बताएकी छिन् ।
पार्टीको जागरण अभियानमा जुम्ला पुगेकी संग्रौलाले सुनकाण्ड, बालुवाटार जग्गा काण्ड, निर्मला हत्याकाण्ड, एनसेल, चिनी, वाइडवडी, मेलम्ची खानेपानी जस्ता काण्डमा सरकार जेलिएको बताइन् ।
देशमा गरिबी, अशिक्षा, बेरोजगार बढे पनि सरकारले समृद्धिको झुटो नारा घन्काउँदै हिड्नु नसुहाएको बताइन् । ‘रुघाखोकीले मान्छेको ज्यान गएको छ,’ उनले भनिन्, ‘हुम्लामा ९ जनाको मृत्यु भएको साता दिनपछि मात्र औषधि र चिकित्सक पठाउने सरकारबाट जनताले आशा गर्ने ठाउँ छैन ।