परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले राष्ट्रपति विद्या भण्डारीको चीनको राजकीय भ्रमणबारे जानकारी दिएका छन्।
काठमाडौंमा आयोजित एक कार्यक्रममा परराष्ट्रमन्त्री ज्ञवालीले राष्ट्रपति भण्डारीको बुधबारबाट हुने राजकीय भ्रमणमा पनि दुई मुलुकबीचको आर्थिक साझेदारीको विकासलाई जोड दिने बताए।
साथै,राष्ट्रपति भण्डारीको भ्रमणका क्रममा २०१६ मा दुई मुलुकबीच गरिएको पारवहन सम्झौताको प्रोटोकलमा हस्ताक्षर हुने कार्यसूचि तय गरिएको परराष्ट्रमन्त्री ज्ञवालीले जानकारी दिए।चीन सरकारले आगामी मे महिना भित्र तातोपानी नाका खुलाउने गरी त्यहाँको विकास निर्माणको कामलाई अघि बढाएको मन्त्री ज्ञवालीको भनाई छ।
त्यसैगरी केरुङ–काठमाडौं रेलमार्ग निर्माणको काम सुरु यसै वर्षबाट सुरु गर्ने गरी सहमति गर्ने तयारी पनि गरिएको उनले बताए।चीनको बेईजिङमा आयोजना हुने बेल्ट एण्ड रोड (बीआरआई) को दोस्रो सम्मेलनमा भाग लिन राष्ट्रपति भण्डारी बुधबार चीनको राजकीय भ्रमणमा जाने भएकी छिन्।