नेपाली कांग्रेसका नेताहरुले ओली सरकार संस्थागत भ्रष्टाचारमा लिप्त भएको आरोप लगाएका छन् । उनीहरुले भ्रष्टाचारले सिमा नाध्दै गएको भन्दै वर्तमान सरकार काण्डैकाण्डमा रोमलिएको टिप्पणी गरे ।
वाईडवडिदेखि वालुवाटार जग्गाकाण्डसम्म आईपुग्दा सरकार जनताको नजरमा नाङगीदै गएको बताए । जनतालाई शुसासन दिनुको सट्टा सरकारी सम्पत्ती लुट्न नेकपा नेतृत्वको सरकार ज्यान फालेर लागेको बताए ।
नेपाली कांग्रेस रुपन्देही क्षेत्र न ४ को क्षेत्रिय सम्मेलनको उद्घाटन समारोहमा वोल्दै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले ओली सरकारले हवादारी कुरा गरेर जनता झुक्काउने काम मात्र भएको बताए । उनले देशको धुकुटी लुट्ने काममा ओली सरकारको ध्यान रहेको पौडेलको आरोप रहेको छ । जनतालाई आखांमा छारो हाल्न पानी जहाजदेखि रेलका कुरा गर्न ओलीलाई जनताको चुलोको विषयमा चिन्ता नचएको बताए ।
यस्तै नेता अर्जुननरसिंह केसीले पार्टिभित्र एकतावद्ध भएर सरकारका गलत क्रियाकलापको विरोध गर्नुपर्ने बताए । नेता केसीले वर्तमान सरकारले तमाम जनविरोधी क्रियाकलाप गरेको भन्दै त्यसको ससक्त प्रतिकार आवश्यक रहेको बताए । उनले त्यसका लागि पार्टि नेतृत्व भने सच्चिनु पर्ने बताए ।
यस्तै नेता वालकृष्ण खांणले कांग्रेस कजोर हुदा जनता कमजोर भएको बताएका छन् । उनले देशमा भ्रष्टाचार बढेको भन्दै त्यसको जनस्तरवाटै प्रतिवाद गर्नु पर्ने बताए । उनले कांग्रेसको जस्तौ पार्टि उसको सिद्धान्त र नेता अरु कुनै पार्टिमा नभएको पनि बताए । खांणले तत्काल नेविसघलाई पुर्णता दिनु पर्ने धारणा राखे ।
नेपाली काग्रेसका युवा नेता गगन थापाले रुपन्देहीवाट जनप्रतिनिधि बनेका एकजना नेता ठगिएको व्यंग गर्दै उनलाई साहनुभूती दिन आग्रह गरे । वालुवाटार किन्न खोज्दा ठगिएका नेताले फेरि पशुपति किन्दा पनि ठगिन सक्ने उनकाे टिप्पणी थियाे ।
वर्तमान ओली सरकारले युवाह्ररुलाई विदेश पढाएर देश जनशक्ति विहिन बनाएको भन्दै उनले भ्रष्टाचारको दलदलमा फसेको सरकार अधिनायकताको वाटोमा अघि बढेको बताए ।
यस्तै युवा नेता वद्रि पाण्डेले नारामा सम्बृद्धिको कुरा गर्ने ओली सरकारलृे देशलाई अघिबढाउन नसकृेको बताएका छन् । उनले मिठा नारा र उखान टुक्काले देशमा सम्बृद्धि नआउने स्पष्ट गर्दै कामाउ धन्दामा लाग्नेहरुलाई जनताले सजाय दिने बताए । उनले अधिनायकवादको शैलीमा हिड्ने कम्युनिष्ट सरकारलाई हरेक क्षेत्रवाट खवरदारी गर्ने गर्न आवश्यक रहेको बताए ।
क्षेत्रिय सभापति हरि लम्शालको अध्यक्षतामा भएको कार्यक्रम कांग्रेसका केन्द्रीय सदस्य हरि नेपाल रुपन्देहीका सभापती अब्दुल रज्जाक, रामचन्द्र ढकाल, खेलराज पाण्डे बिक्रम केसी, परशुराम ढकाल लगायतले बोलेका थिए ।