पोखराबाट प्रकाशित हुने ताण्डव न्युज साप्ताहिक र ताण्डव न्युज डटकमका सम्पादक अर्जुन गिरीलाई सााइबर अपराध सम्बन्धी कसुरमा सोमबार पक्राउ गरेको छ।
बतास ग्रुपका सञ्चालक वीपेन्द्रराज बतासले व्यवसायको क्रममा साथीहरुलाई ठगी गरेको समाचार प्रकाशन गरेपछि बतासले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा दिएको उजुरीका आधारमा गिरीलाई पक्राउ गरेको हो। सिइआबीले पठाएको पत्रको आधारमा कास्की प्रहरीले सोमबार पक्राउ गरी उनलाई काठमाडौं पठाइएको छ।
नेपाल पत्रकार महासंघले विज्ञप्ति निकालेर पत्रकार गिरीलाई प्रहरीले साइबर अपराध सम्बन्धी कसुरमा पक्राउ गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पत्रकारले स्वतन्त्रतापूर्वक समाचार लेख्न पाउने संवैधानिक अधिकारमाथि भएको यो हस्तक्षेपले प्रेस स्वतन्त्रता हनन् भएको महासंघको ठहर छ। महासंघले सम्पादक गिरीलाई तत्काल रिहाईको माग गर्दै प्रहरीको यस्तो ज्यादतीको घोर भत्र्सना गरेको छ।
समाचार लेखेकै आधारमा पटकपटक विद्युतीय कारोबार ऐन प्रयोग गरेर पत्रकार पक्राउ गर्ने काम तत्काल रोक्न महासंघ माग गरेको छ। ‘अन्यथा, महासंघ कठोर संघर्षमा उत्रन वाध्य हुनेछ,’ विज्ञप्तिमा उल्लेख छ ।