रुपन्देहीको रोहिणी नदिमा देशकै नमूना जलासाययुक्त बहुउदेश्यीय सिचाई आयोजना निमार्ण भैरहेको छ ।
झण्डै २ किलोमिटरम्म फैलिएको ड्याम सहितको सिचाई आयोजनाले हजारौ जमिनमा सिंचाई त हुन्छ नै सो क्षेत्र पर्यटकिय दृष्टिकोणले पनि विकास हुने भएको छ ।
तालको विचमा पोखरा ताल वाराहीकै शैलिमा मन्दिर निमार्णको योजना समेत अघि बढाईने तयारी पनि थालिएको छ । पर्यटकहरुलाई आर्कषित गर्नका लागि ढुङगा संचालन देखि अन्य पुर्वाधारहरु निमार्णका लागि पनि काम हुने भएको छ ।
नेपाल सरकार सिंचाई मन्त्रालय अन्तरग झण्डै ३७ करोडमा आयोजना निमार्णको कार्य अघि बढिरहेको छ । जसले ४ मिटर अग्लो ड्याम, १८ सय मिटर लम्वाईका दुई वटा नहर, पानी जम्मा हुदा छेउछाउको बस्ती सुरक्षाका लागि तटबन्ध लगायतका काम अघि बढाईएको छ ।
अवको एक वर्षमा निमार्ण सम्पन्न हुने उम्त आयोजनाले करिव ६० प्रतिशत काम सकेको सिचाई डिभिजन कार्यालय रुपन्देहीका प्रमुख टंक केसीले बताए । उनले वजेट प्रयाप्त नआएकाले केहि असजिल भएको भन्दै समयमै बजेट आए निधारित मितिमै आयोजना हस्तान्तरण गरिसक्ने पनि बताए ।
तिलोत्तामा नगरपालिकाको वडा न १० र ११ तथा देवदह वडा न २ र ३ को भुभाग अन्तरगतको रोहिणि नदिमा आयोजना निमार्ण भैरहेको छ । पानीको संचित गर्ने खालको यस्थ्तो आयोजना रुपन्देहीको पहिलो आयोजना हो भने नेपालमै नमुना आयोजना भएको प्राविधिकहरुले बताएका छन् ।
यो सम्पन्न भएपछि कृषि उत्पादन बृद्धि हुनुका साथै बजारभन्दा केहि पछाडि परेको सो क्षेत्रमा पर्यटकिय चहलपहल समेत बृद्धि हुने अपेक्षा गरिएको छ ।
१५ करोड आउनु पर्नेमा ८ लाख बजेट
अघांखाँची वावुल जेभीले निमार्ण गरिएको आयोजनाको काम निधारित समयमै सम्पन्न गर्नका लागि बजेट अभाव हुन नहुने सुझाव स्थानियको रहेको छ । सरकारले उक्त आयोजनालाई प्रदेश सरकार अन्तरगतका लागि पढाए पनि बजेट भने निकै कम बढाएपछि आयोजनाको काम अघि बढाउन समस्या पारेको हो ।
तत्काल १५ करोड बन्दा पढि बजेट आवश्यक परेको वेला सरकारले ८ लाख मात्र बजेट पढाएको छ । थप रकमका लागि अर्थ मन्त्रालयमा माग गरिएको र सकारात्मक जवाफ आएको प्रमुख केसीले बताए । उनले बजेट अभावले काम नरोकिनेमा आफु विश्वस्त रहेको पनि बताएका छन् । उनले काम ६० प्रतिशत सकिएको तर बजेट निकासा भने त्यसको आधा पनि नभएको बताए ।
कांग्रेस नेता खांणले गरे निरिक्षण
उक्त आयोजनाका लागि पहलकर्ता नेपाली कांग्रेसका नेता तथा पुर्व मन्त्री वालकृष्ण खांणले मंगलबार आयोजनाको निरिक्षण गरेका छन् । यस्तो खालको परियोजना देशकै नमुना रहेको पनि नेता खांणले बताए ।
आयोजनाको कार्य प्रगतीले आफुउत्साहित रहेको भन्दै खांणले आयोजना सम्पन्न गर्न सबैले सहयोग गर्नु पर्ने पनि बताए । परियोजनालाई आवश्यक पर्ने जग्गा देखि अन्य निमार्ण समाग्रिका लागि सहयोग गर्न स्थानिय लाई उनले आग्ह गरे । बजेट अभाव नहुने भन्दै खाणले त्यसका लागि काठमाडाैं पुगेर तत्काल पहल थाल्ने पनि बताएका छन् ।
रुपन्देहीको देवदह,तिलोत्तमा,सिदार्थनगर ओमसतिया रोहिणि लगायतका स्थानमा सिंचाई सुविधा पुर्याउने तथा जल भण्डारका रुपमा निमार्ण गरिएको सिंचाई आयोजनाका कारण सो क्षेत्र पर्यटकिय हिसावले पनि विकास हुने विश्वास नेता खांणको रहेको छ ।
सो अवसरमा पुर्व मन्त्री तथा नेपाली कांग्रेसका सभापती अब्दुल रज्जाक, देवदह नगरपालिकाका मेयर हिरा वहादुर केसी, सिचाई विकास डिभिजन रुपन्देहीका डिभिजन प्रमुख केसी नेपाली कांग्रेसका जिल्ला सचिव हरि काफ्ले तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष गुणनिधी भण्डारी लगायतको सहभागिता रहेको थियो ।
पर्यटकियस्थलका रुपमा विकास गर्न स्थानिय सरकारको चांसो
जलभण्डार सहितको उक्त आयोजना सम्पन्न संगै पर्यटकिय स्थलका रुपमा पनि विकास गर्न स्थानिय सरकारले चासो देखाएका छन् । तिलोत्तमा र देवदहनगरपालिको सिमानामा रहेकाले दुवै स्थानिय सरकार मिलेर पर्यटक आर्कषित बनाउन पुवार्धार निमार्ण गर्ने सोच बनाएका छन् ।
देवदहनगरपालिकाका मेयर हिरा वहादुर केसीले दुवै नगर सरकार मिलेर पोखराको तालवाराही मन्दिरको शैलिमा मन्दिर निमार्ण गर्ने, डुङगा संचालन लगायतका काम अघि बढाईने बताएका छन् । उनले मुख्य बजारवाट अझेलमा परेको सो क्षेत्रको पहिचान निमार्ण गर्न पनि त्यसलाई विकास गरिने उनले बताएका छन् । परियोजना निमार्णंगै स्थानिय पनि निकै उत्साहित देखिएका छन् ।