सरकारले दुई राजदूतलाई मन्त्रीसरहको सुविधा दिने निर्णय गरेको छ।
मंगलबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्य र अमेरिकाका लागि नेपाली राजदूत अर्जुनबहादुर कार्कीलाई मन्त्रीसरहको सुविधा दिने निर्णय गरेको सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए।
यसअघि मन्त्रीसरहको सुविधा भारतका लागि पूर्व नेपाली राजदूत दीपकुमार उपाध्यायलाई दिइएको थियो। यस्तै, बैठकले परराष्ट्र सेवामा दुई जना उपसचिवको दरबन्दी थप्ने निर्णय पनि गरेको उनले बताए।