Main Menu
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • विचार
  • खेलकुद
  • कला
  • अन्य
    • अन्तर्वार्ता
    • फोटोफिचर
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य / जीवनशैली
    • ती दिन
    • पर्यटन
    • भिडियो
Sunday, February 05, 2023 | आइतबार, माघ २२, २०७९
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • विचार
  • खेलकुद
  • कला
  • अन्य
    • अन्तर्वार्ता
    • फोटोफिचर
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य / जीवनशैली
    • ती दिन
    • पर्यटन
    • भिडियो
Search here
विचार
  • गृहपृष्ठ
  • विचार
कांग्रेस बैठकमा डा.शेखर कोइरालाका १२ आपत्ति देउवा सरकार ओली सरकारको असंवैधानिक कदमकै निरन्तरता हो?
डा.शेखर कोइराला
डा.शेखर कोइराला काठमाडौं, २७ असार
कांग्रेस बैठकमा डा.शेखर कोइरालाका १२ आपत्ति
null

हामी स्थानीय तहको निर्वाचन पश्चात प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको संघारमा उभिएको छौँ । पछिल्लो केन्द्रिय समिति बैठकको लामो रस्साकस्सी पछि हामी तालमेल मार्फत स्थानीय तहको निर्वाचनमा गयौँ । तालमेलका कारण केही बढी सिट त जित्यौँ तर पार्टीको आदर्श र सिद्धान्तलाई कहाँ पुर्याउन खोज्दै छौँ ? स्थानीय तहको निर्वाचनमा स्थानीय अवस्था र आवश्यकताका आधारमा स्थानीय तहमै तालमेल गर्ने भन्यौँ तर कतिपय स्थानीय तहमा केन्द्रबाट टिकट दिन बाध्य पायौं ।

अर्कोतर्फ तालमेलका नाममा स्थानीय तहमा महिला सहभागितालाई खुम्च्याउने काम भयो । त्यो पनि बिचार गर्न जरुरी छ । तालमेलले कांग्रेस पार्टीलाई भन्दा अन्य पार्टीलाई बढी लाभ भयो । तालमेलमा जानु पुर्व सिंगो कांग्रेसलाई एक ढिक्का बनाईनुपथ्र्यो । क्रियाशिलता, लोकप्रियता तथा बरिष्ठताको मापदण्ड बनाएर भुगोल, जनसंख्या तथा जातीय सन्तुलनका आधारमा न्यायोचित ढंगले टिकट बितरण गरिनुपथ्र्यो तर कतिपय स्थानमा त्यो हुन सकेन ।

बिगतको तालमेल र आगामी निर्वाचनका बारेमा हामीले पार्टीभित्र सुक्ष्म ढंगले समीक्षा र मूल्याङ्कन गर्नैपर्छ । हामी यसबाट भाग्न सक्दैनौं । हामीलाई त्यस्तो छुट छैन । हामीले दुरदराजका कर्मशिल र निष्ठावान साथीहरुलाई जवाफ दिनै पर्छ । कांग्रेसका हजारौं नेता कार्यकर्ता गठबन्धनप्रति सकारात्मक बन्न सकेका छैनन् । यसै परीप्रेक्षमा आगामी निर्वाचन व्यक्ति केन्द्रित गठबन्धन गर्‍यौँ भने पार्टीका साथीहरुलाई न्याय गर्न सक्छौँ त ? यसबारे आगामी निर्वाचन भन्दा अगाडि यस बिषयमा गम्भिर र बिस्तृतरुपमा पार्टीभित्र छलफल गरिनु पर्छ । प्रतिनिधि सभा निर्वाचन क्षेत्र र प्रदेश सभा निर्वाचन क्षेत्रको आवश्यकता र औचित्य पुष्टी हुनेगरि तालमेल बारे पार्टीको धारणा निर्माण गरौं भन्ने मेरो बिचार हो ।

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनबाट नेतृत्व मात्र चयन भयो नीतिका बिषयमा कुनै काम हुन सकेन । तसर्थ यथाशीघ्र नीति अधिबेशन गर्न आग्रह गर्दछु । पार्टी संचालनका सम्बन्धमा मैले विगतका बैठकमा पनि भन्दै आएको छु । विधि, विधान भन्दा माथी हामी कोही छैनौँ । पार्टी विधिसम्मत चल्नु पर्यो । पार्टी सबैको हुनुपर्यो । केन्द्रदेखि वडा तहसम्म नेतृत्वमा रहेकाले आफुलाई मत नहालेकालाई पनि न्याय हुने संस्कृतिको बिकास गरियोस ।

पार्टी संगठनको मेरुदण्ड भातृ तथा शुभेच्छुक संस्थाहरु हुन । यी संस्था लामो समयदेखि नेतृत्व विहीन तथा प्रायः निस्प्रभावी भएकाले प्रतिकुल प्रभाव परेको छ । तसर्थ यी संस्थाको नेतृत्व देखि कार्यसमिति विधान बमोजिम पदाधिकारी सहित न्यायोचित ढंगबाट निर्माण गरिनु पर्दछ ।

पार्टीको आन्तरिक जीवनमा बहस, छलफल र अन्तरक्रिया गरि निर्णयमा पुग्ने विगतको परिपाटी र परम्परा भन्दा पनि सभापतिज्यु एकल र एकपक्षीय ढंगबाट निर्णयमा पुग्ने गरेको देखिएको छ । यो पार्टीमा लाखौँ साथीहरूको बलिदानी तथा लगानी छ । तसर्थ पार्टीको निर्णयले सबैको मन छुन आवश्यक छ ।

सत्ता तालमेल दलका नेताहरु नेपाली कांग्रेसतिर फर्केर आरोप लगाईरहेका छन्, आलोचना र दोष थोपरिरहेका छन् । स्थानीय निर्वाचनको परिणामलाई लिएर उनीहरु कांग्रेस विरुद्ध तीतो पोखिरहेको कुरा सभापतिज्युको जानकारीमा पनि होला भन्ने मलाई लागेको छ । यसरी एकातर्फ नकारात्मक चर्चा भैरहँदा किन हाम्रो पार्टी र नेताहरुले मौनता साँधेको हो ? म यी सबै बिषयमा गम्भीर छलफलको जोडदार माग गर्दछु ।

तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले राष्ट्रिय अनुसन्धान, राजश्व अनुसन्धान र सम्पत्ति शुद्धीकरण बिभाग प्रधानमन्त्रीको मातहतमा ल्याउनु भनेको प्रधानमन्त्री अधिनायकबादतर्फ जानु हो भनेका थियौँ । गठबन्धन दलको साझा कार्यक्रममा पनि विगत सरकारले गरेको अलोकतान्त्रिक गतिविधि सच्याउन भन्यौँ तर बर्तमान सरकार बनेको पनि झण्डै एक वर्ष पुगिसक्यो तर यस्ता विषयहरु प्राथमिकतामा किन परेनन् ? भष्ट्राचारका काण्डरूको छानबिन किन ओझेलमा पर्यो ? सरकार नेतृत्वको हिसाबले पार्टी जवाफदेहि बन्न सकेन भने आगामी निर्वाचनलाई समेत प्रभाव पार्ने ध्यानाकर्षण गर्न चाहन्छु ।

नेपाली कांग्रेसका पार्टी सभापति देशको प्रधानमन्त्री हुनुहुन्छ । जनताको दैनिक जीवन दिनानुदिन कष्टकर बन्दै गएको छ ।  महँगीले जनताको ढाड सेकिएको छ । बेरोजगारी दिनानुदिन बढ्दो छ । हुनेखानेहरु समेत सामान्य जीवन बिताउन कठिनाई महसुस गरेका छन भने गरिव, निमुखा, मजदुर तथा नागरिकको अवस्था के भएको होला हामी काठमाडौँ बसेर त्यसको पिडा बोध गर्न सक्दैनौँ । सरकारको कार्यक्षमतामाथि बुद्धिजीवी, संचार जगत, व्यबसायी तथा आम नागरिकले समेत प्रश्न गर्न थालेका छन । यस विषयमा पार्टी गम्भीर बन्न जरुरी छ ।

गर्भनर प्रकरणमा सरकारको असक्षमता छताछुल्ल भयो । सरकारले गर्भनर हटायो तर अदालतले पुर्नबहाली गर्यो । यसले आर्थिक क्षेत्रमा नकारात्मक सन्देश गयो । देशको अर्थतन्त्रका बारेमा यहाँहरु सबै जानकार नै हुनुहुन्छ भन्ने मेरो विश्वास छ । हालै बजेट निर्माणका क्रममा बजेटमा हस्तक्षेप गर्न अपिरिचित व्यक्तिको प्रवेश गराएर केही खास व्यक्ति पोस्ने काम भयो भनेर भएको चर्को दबाब पछि अर्थमन्त्रीको राजिनामा त आयो तर राजिनामा मात्रै समाधानको बाटो होईन । छानबिन समिति त बनेको छ । आशा छ समितिले सत्यतथ्य बाहिर ल्याउँछ । बजेट निर्माणका समयमा अनाधिकृत ब्यक्ति राखेर करको दायरा हेरफेर गरेकै कारण अर्थमन्त्रीको राजिनामा आयो, त्यसकारण अब कर सम्बन्धी प्राबधान परिमार्जन हुनुपर्छ । म सरकारलाई मुलुकको वर्तमान अर्थतन्त्र संकटोन्मुख रहेको, निजी क्षेत्र निराश भएको र आर्थिक अनुशासनहिनता बढेको बारे गम्भिर ध्यानाकर्षण गराउन चाहन्छु । यसतर्फ हामी पार्टीका साथिहरुले पनि सरकारलाई दवाव दिदै गम्भिर भएर लाग्नु पर्ने छ भन्ने जिम्मेवारीको स्मरण गराउन चाहन्छु ।

अर्कोतिर सर्वोच्च अदालतका तत्कालिन प्रधानन्यायाधीश विरुद्ध लगाईएको महाअभियोग प्रस्ताव लगभग बेवारिस अवस्थामा संसदको कुनामा थन्किएको छ । यसलाई निर्धारित प्रक्रियाबाट टुंग्याउनुपर्ने होइन र ? के यस बिषयमा प्रधानमन्त्री र उहाँ नेतृत्वको सरकारको कुनै भूमिका हुँदैन ? यस्ता जटिल बिषयहरुलाई समयमै निक्र्यौल नगर्दा आगामी निर्वाचनमा यसले पार्टीलाई असर गर्छ । (कांग्रेस केन्द्रीय समिति बैठकमा डा. कोइरालाद्धारा प्रस्तुत)

प्रकाशित मिति: सोमबार, असार २७, २०७९, ०६:४३:००
डा.शेखर कोइराला
डा.शेखर कोइराला @@shekhar डा. कोइराला नेपाली कांग्रेसका नेता हुन्।
लेखकबाट थप
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित शिर्षक
निर्वाचनमा यसरी आउँछ कांग्रेसको बहुमत
निर्वाचनमा यसरी आउँछ कांग्रेसको बहुमत
नाम अर्थमन्त्रीको, काम माफियाको
नाम अर्थमन्त्रीको, काम माफियाको
अराजनीतिक र अनैतिक अर्थमन्त्री
अराजनीतिक र अनैतिक अर्थमन्त्री
कांग्रेसमा कम्युनिस्टका ध्वजावाहक
कांग्रेसमा कम्युनिस्टका ध्वजावाहक
स्थानीय चुनावः ओली निरंकुशता विरुद्ध तालमेल!
स्थानीय चुनावः ओली निरंकुशता विरुद्ध तालमेल!
एमसीसीः नेपाली वामपन्थीमार्फत चीनको शक्ति ध्रुवीकरण
एमसीसीः नेपाली वामपन्थीमार्फत चीनको शक्ति ध्रुवीकरण
  • ताजा समाचार
  • ट्रेण्डिङ
 राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा रहने वा नरहनेबारे निर्णय लिने
 राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा रहने वा नरहनेबारे निर्णय लिने
पाकिस्तानका पूर्वराष्ट्रपति मुसर्रफको निधन
पाकिस्तानका पूर्वराष्ट्रपति मुसर्रफको निधन
एक महिने स्वस्थानी व्रत विधिपूर्वक समापन
एक महिने स्वस्थानी व्रत विधिपूर्वक समापन
रास्वपाकाे बैठकमा प्रधानमन्त्रीकाे नयाँ प्रस्तावबारे  छलफल
रास्वपाकाे बैठकमा प्रधानमन्त्रीकाे नयाँ प्रस्तावबारे छलफल
राष्ट्रिय सभाको उपाध्यक्षकाे मनोनयन दर्ता आइतबार , कांग्रेसले उम्मेदवारी दिने
राष्ट्रिय सभाको उपाध्यक्षकाे मनोनयन दर्ता आइतबार , कांग्रेसले उम्मेदवारी दिने
'सरकार बनाएका दलहरुमा नैतिकता देखिएन'
'सरकार बनाएका दलहरुमा नैतिकता देखिएन'
राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्रीलाई दिएकाे दुई दिने अल्टिमेटम सकियाे
राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्रीलाई दिएकाे दुई दिने अल्टिमेटम सकियाे
उचित मूल्य नपाएको भन्दै चितवनका किसानले फाले सडकमा तरकारी
उचित मूल्य नपाएको भन्दै चितवनका किसानले फाले सडकमा तरकारी
गलेश्वरधामबाट ल्याइएका देवशीला जनकपुरबाट अयोध्यातर्फ प्रस्थान 1
गलेश्वरधामबाट ल्याइएका देवशीला जनकपुरबाट अयोध्यातर्फ प्रस्थान
फागुन २५ गते राष्ट्रपति र चैत ३ गते उपराष्ट्रपतिकाे निर्वाचन हुने 2
फागुन २५ गते राष्ट्रपति र चैत ३ गते उपराष्ट्रपतिकाे निर्वाचन हुने
एमाले अध्यक्ष ओली भन्छन्, 'गृह मन्त्रालय रास्वपाले नै पाउनुपर्छ, पूर्णपाठ किन चाहियाे?' 3
एमाले अध्यक्ष ओली भन्छन्, 'गृह मन्त्रालय रास्वपाले नै पाउनुपर्छ, पूर्णपाठ किन चाहियाे?'
'म अभिमन्यु होइन, मेरो मौनता आजसम्म मात्रै हो' 4
'म अभिमन्यु होइन, मेरो मौनता आजसम्म मात्रै हो'
प्रधानमन्त्रीले रास्वपालाई गृह मन्त्रालय दिन खाेजेनन्,आफैंसँग राख्ने 5
प्रधानमन्त्रीले रास्वपालाई गृह मन्त्रालय दिन खाेजेनन्,आफैंसँग राख्ने
सूचना - प्रविधि थप
गुगलमा सर्च गर्दा नगर्नुहोस् यी गल्ती, नत्र तपाईको बैंक खाता खाली हुन सक्छ गुगलमा सर्च गर्दा नगर्नुहोस् यी गल्ती, नत्र तपाईको बैंक खाता खाली हुन सक्छ
के तपाईंकाे व्हाट्सएप फोटो र भिडियोहरूले भरिएको छ? आफ्नो स्मार्टफोनलाई यसरी खाली गर्नुहोस्
नास्टले बनायो विद्युतीय स्कुटर
ग्लोबल थप
भारतमा एक नेपालीको हत्या भारतमा एक नेपालीको हत्या स्पेसखबर बैतडी घर भएका एक नेपालीको भारतमा हत्या भएको छ । हत्या हुनेमा बैतडीको तल्लोस्वराडका ४८ वर्षीय लोकेन्द्र चन्द रहेको प्रहरीले जनाएको छ ।
नेपाली मूलका शर्मा दुईतिहाइ मतसहित मेयरमा निर्वाचित
नेपाली मूलका शर्मा दुईतिहाइ मतसहित मेयरमा निर्वाचित स्पेसखबर
कामदार तत्काल जापान जान नपाउने
कामदार तत्काल जापान जान नपाउने स्पेसखबर
सम्पर्क

लिवरल मिडिया प्रा.लि.

काठमाडौं - २९, अनामनगर

सूचना विभाग दर्ता नं. १०९८/०७५–७६

टेलिफोन

+977-1-57 055 62

ईमेल ठेगाना

spacekhabar@gmail.com
marketing.spacekhabar@gmail.com
हाम्रो टीम
सम्पादक रामजी दाहाल
बरिष्ठ संवाददाता मुक्तिबाबु रेग्मी भिम थापा
संवाददाता विनिल बस्नेत
प्रदेश प्रतिनिधि कुमोद अधिकारी (विराटनगर) रोहित कुमार महतो (जनकपुर) शिवकुमार रिजाल (हेटौंडा) बिक्रम खड्का (बुटवल) श्रवण देउवा (धनगढी)
ग्लोबल सुरेशचन्द्र पोखरेल (अमेरिका) शिशिर ढकाल (अष्ट्रेलिया) पुष्प थापा (जर्मनी) सन्दर्भ आचार्य (जापान)
मेनु
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
  • विचार
  • खेलकुद
  • भिडियो ग्यालरी
सोसल मिडिया
Facebook Twitter YouTube Google+
© स्पेसखबर प्रा.लि.. -2023 All rights reserved. Site by: SoftNEP