Main Menu
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • विचार
  • खेलकुद
  • कला
  • अन्य
    • अन्तर्वार्ता
    • फोटोफिचर
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य / जीवनशैली
    • ती दिन
    • पर्यटन
    • भिडियो
Saturday, March 06, 2021 | शनिबार, फागुन २२, २०७७
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • विचार
  • खेलकुद
  • कला
  • अन्य
    • अन्तर्वार्ता
    • फोटोफिचर
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य / जीवनशैली
    • ती दिन
    • पर्यटन
    • भिडियो
Search here
विचार
  • गृहपृष्ठ
  • विचार
वीपीले लेखेकाे चिठीमा कांग्रेसका ७ खराबी
स्पेसखबर
स्पेसखबर काठमाडौं, २४ भदौ
वीपीले लेखेकाे चिठीमा कांग्रेसका ७ खराबी
फाइल तस्वीर

वीपी कोइरालाले कांग्रेसका कमजोरी औल्याउँदै कार्यकर्तालाई चिठी लेखेका थिए। मुख्यतः उनले आफू लगायत कांग्रेसका ७ वटा कमजोरी औंल्याएका छन्।

आवश्यकताभन्दा बढी आत्मविश्वास गर्ने, आफ्ना चाहना र बानी अनुसार राष्ट्रिय वा पार्टीका समस्याहरूको हल खोज्ने, जिम्मेवारीप्रतिको उत्तरदायित्वबोधमा कमी रहेको उनको पत्रमा उल्लेख छ। यसैगरी जनता र आफूहरुबीचको सीमा दिन प्रतिदिन बढ्नु, पार्टीका साधारण कार्यकर्तामाथि फरक दर्जाको व्यबहार गर्नु, अध्ययनको ठूलो कमी तथा उत्कर्ष र संकट दुवै कालमा नैतिकताको अभाव भयो भने त्यसको ह्रास निश्चित हुनेछ भन्ने कुरा वीपीले औल्याएका कांग्रेसका कमजोरीमा उल्लेख गरिएको छ।

प्रिय साथी,

तपाईँ साथीहरूलाई धेरै दिनपछि यस्तो किसिमको पत्र पठाउँदैछु। मलाई लाग्दछ, आज यसको आवश्यकता पनि पर्न गएको छ। आज हाम्रो प्यारो देश जसरी नै नेपाली काङ्ग्रेस पनि एउटा ठूलो संकटबाट गुज्रँदै छ। यसको पूर्ण निराकरण गर्नमा हामी हाल त्यति समर्थ नभए पनि यसका ठीक–ठीक कारणहरूको ठेगान लगाउनु आवश्यक छ।

तसर्थ, हाम्रो पार्टीभित्रका रोगहरू ठेगान लाग्नु आज आवश्यक हुन गएको छ। पार्टीहरू देशको सामाजिक, राजनीतिक र आर्थिक अवस्थाका प्रतिबिम्ब मात्र हुन्छन्। हाम्रो पार्टी पनि त्यस्तै नै हो। नेपाली कांग्रेस, नेपाली जनताको वास्तबिक प्रतिनिधि हो भने यो निरोगी र स्वस्थ रहेमा हाम्रो देशको एक–एक रोग र व्याधि आफै क्रमशः हट्दै जानेछन्। र, यो देश कालान्तरमा विश्वका अरू देश सरह व्यवस्थित र उन्नतशील भएर जानेछ।

तपाईँ साथीहरूले प्रारम्भदेखि नै मप्रति ठूलो विश्वास र प्रेम देखाउनु भएको छ। मैले पनि आफूलाई यसको उपयुक्त बनाउने सकेसम्म प्रयत्न बराबर गरेको छु। तर, मलाई आफ्नो काममा नै न सन्तोष छ, न त तपाईँ साथीहरूको कामबाट नै सन्तोष छ। यसो नभएको भए यस्तो किसिमको पत्र लेख्ने आवश्यक नै पर्ने थिएन। त्यस हुनाले तपाईँहरूको सोही मैत्री र सद्भावका कारणका आधारमा म यो स्पष्ट कुरा लेख्दैछु। र, मलाई आशा छ, यसमाथि तपाईँहरूले अवश्य पनि गम्भीर विचारका साथ मनन गर्नु हुनेछ।

नेपाली कांग्रेसमाथिको ऐतिहासिक उत्तरदायित्वको कुरा म पार्टीका साथीहरूले जहाँसुकै गरेको सुन्दछु। यो ऐतिहासिक उत्तरदायित्व के हो? हामीले के गर्नुछ? हामी सबैलाई यसको स्पष्ट वोध नभए जस्तो छ। यसबारे मैले केही विचार गरेँ। मलाई लाग्दछ, नेपालमा क्रान्तिको सफल नेतृत्व गरेर सफलताका साथ कठिन ज्वालामुखीको दुर्गम पहाड चढेर त्यसको अखण्ड ज्वालामा हाम्फालेर पनि अक्षत र सफल भएर निस्केका नेपाली काङ्ग्रेसका क्रान्तिकारी साथीहरू अझै त्यही बितेका सपनाका कथाहरूमा अल्झेर बसिरहेका छन्। अतीत सबैका लागि सुखद र प्यारो हुन्छ । झन् बितेका दिन इतिहासका सुनौला पृष्ठ हुन गएका त्यस व्यक्ति वा संस्थाको के कुरा।

तर, यसैले हामीमा आफ्नो साध्य र साधनप्रति नै भ्रम पारेको जस्तो छ। क्रान्ति प्रजातन्त्र प्राप्तिको एउटा साधन मात्र थियो र साध्य त प्रजातन्त्र थियो। साधनको उपलब्धिको उमंगमा हामीले यस महत्वपूर्ण कुरालाई बिर्सियौ र अझै त्यही गल्ती गर्दैछौँ। यसैले गर्दा हाम्रो देश प्रजातन्त्रको मार्गमा चाहिने जति अगाडि बढ्न सकेन। वास्तविक भन्ने हो भने, क्रान्तिजन्य प्रजातन्त्रका प्राप्तिहरू दिनदिनै घट्दै गए। यसले गर्दा क्रान्तिको महत्व पनि कम हुँदै गयो। यस कुरालाई आज हामीले राम्ररी बुझ्नु परेको छ।

समयका साथ आज हाम्रो पार्टीभित्र अनेक खराबी आएका छन्। तिनीहरूमध्ये केही प्रमुख खराबीहरूबारे म यहाँ तपाईँहरूलाई आफ्नो मनमा लागेको कुरा भन्न चाहन्छु।

१. सर्वप्रथम क्रान्तिको सफलताले हामी सबैमा आवश्यकताभन्दा बढी एक किसिमको आत्मविश्वासको सिर्जना ग¥यो। अनवरत कार्यद्वारा यसको पुस्ट्याई भएको भए सम्भव थियो, यसबाट त्यति नोक्सान हुने थिएन। तर अनेक कारणले त्यसो हुन सकेन। फलस्वरुप आजको हाम्रो निरर्थक आत्मविश्वास हाम्रो बाटोको तगारो हुन गएको छ। यसलाई हामीले हटाउनु परेको छ।

२. हाम्रो दोस्रो अवगुण के हो भने हामी प्रत्येक प्रश्नमाथि आफ्नो व्यक्तिगत दृष्टिकोणले विचार गर्दछौँ। हामी आफ्ना चाहना र बानी अनुसार राष्ट्रिय वा पार्टीका समस्याहरूको हल खोज्दछौ। तसर्थ, हाम्रा धेरैजसो निर्णयहरू आफ्ना व्यक्तिगत चाहना वा रूचि वा अरूचिका छायाँ मात्र हुन जान्छन्। यसलाई हामीले हटाउनु परेको छ।

३. हाम्रो तेस्रो खराबी के हो भने हामीमा आफ्नो जिम्मेवारीप्रतिको उत्तरदायित्वबोध कम छ। यद्यपि, जिम्मेवारी उठाउने बारेको हाम्रो चाख भने कम छैन।

४. यी कारणहरूले गर्दा हामी जनतामा बढ्ता भिज्दैनौँ। र, जनता र हाम्राबीचको सीमा दिन प्रतिदिन बढ्दै गएको छ। यो हाम्रो चौथो दुर्गुण हो।

५. हाम्रा साथीहरूको पाँचौँ खराबी के छ भने हामी आफूलाई अर्कै तहको र पार्टीका साधारण र सोझा कार्यकर्ताहरूलाई अर्कै तहको भन्ठान्छौँ। जनता र पार्टीकै कार्यकर्ताहरूबीचको यस किसिमको अन्तर पनि आज देखिन थालेको छ।

६. हाम्रो छैठौँ खराबी भनेको साथीहरूमा अध्ययनको ठूलो कमी हुनु हो। हामीले इतिहासका बितेका घटनाहरूका प्रकाशमा वर्तमान राजनीतिको बाटो पनि पहिल्याउनु पर्दछ। हामी त्यसो गर्दैनौँ। उदाहरणका लागि पार्टीको घोषणापत्रसम्मको उपयुक्त ज्ञान नभएका धेरै साथीहरूलाई मैले देखेको छु। यसलाई पनि हामीले हटाउनु परेको छ।

७. अब म तपाईँहरूलाई मैले देखेको पार्टीको सातौँ र अन्तिम खराबी लेख्छु। साथीहरूमा उत्कर्ष र संकट, दुवै कालमा नैतिकताको अभाव भयो भने त्यसको ह्रास निश्चित छ। राजनीति र नैतिकता दुई भिन्न तत्व हुन् र सफल राजनीतिका लागि नैतिकताको आश्रय लिनु आवश्यक छैन भन्ने एकथरि विचार तपाईँहरूले पनि अवश्य नै सुन्नुभएको होला। यस विचारबाट अलि बढ्ता प्रभावित भएका कसै–कसैको भनाइ त के पनि छ भने सफल राजनीतिका लागि नैतिकता वाधक मात्र हुन्छ। एउटा अर्काे थरिको भनाइ के छ भने नैतिकताबिनाको राजनीति सर्वथा पापाचार मात्र हो। एउटा विचारमा नैतिकताको अभावलाई नै राजनीतिक सफलताको पूँजी भनिएको छ। त्यहाँ यसमाथि आवश्यकताभन्दा ज्यादै बढी ध्यान दिइएको छ।

राजनीति भनेको मोक्षको मार्ग होइन। पार्टी मुमुक्षुहरूको दलजस्तो निस्पृह र निर्विकल्प हुन सकेन भनेर कसैले गुनासो गर्दछ भने त्यो उसको मूर्खता हो। मेरो भनाइको तात्पर्य के हो भने माथिका नैतिकताका बारेका दुबै दृष्टिकोण अतिवादका उदाहरण मात्र छन्। राजनीति र नैतिकताको एउटा उपयुक्त समन्वय खोज्ने अवसर आज नेपाली राजनीतिमा आइसकेको छ। म चाहन्छु, देशको राजनीतिमा अग्रणी, हाम्रो पार्टीले नै यसबारे पनि एउटा नयाँ बाटो र सर्वथा अभिनव प्रयोग प्रारम्भ गर्नुपर्छ। र, कसले भन्न सक्छ, यसको प्रभाव कालान्तरमा हाम्रो देशको सीमा नाघेर बाहिर फैलने छैन?

साधारण जीवनमा नैतिकताको स्थान भएजस्तै राजनीति पनि जीवनकै एउटा भाग भएको हुनाले नैतिकताबिनाको राजनीति निरर्थक र अलिनो हुन्छ। र, त्यस हुनाले अग्राह्य हुन्छ । हामीले साथीहरूबीच नै असत्यको प्रचार गर्‍याैं, गैर–इमान्दार भएर काम गर्‍याैं र आपसमा अविश्वास गर्‍याैं भने हामी राजनीतिक कार्यकर्ताहरूको संघर्षमय शुष्क जीवनको संवल नै के रहन्छ र? नैतिकताकाारे ठूलो भाषण दिने मेरो इच्छा छैन । मनुष्य आफैँ एउटा अत्यन्त कमजोर र निरीह प्राणी हो। तर कस्तै संकटका अवसरमा पनि हामीले यी मानवोचित गुणहरूलाई भुलेनौँ भने घोर अन्धकार र निराशाका अवसरमा पनि यसको क्षीण प्रकाशले हामीलाई जीवित र उल्लासमय बनाइराख्ने छ।

माथि नै मैले तपाईँहरूलाई भनेको छु, ममाथिको तपाईँको ठूलो विश्वास, मैत्री र सद्भावनाका भरोसाका कारणले मात्र मैले तपाईँहरूलाई यस्तो किसिमको व्यक्तिगत पत्र लेख्ने धृष्टता गरेको हुँ। यस पत्रको आशय सारा कमजोरीहरूका कारण तपाईँहरू नै हुनुहुन्छ भन्ने होइन। साँच्चै भनौँ भने यी कमजोरीहरूको सबैभन्दा बढी उत्तरदायित्व ममाथि छ। हाम्रो केन्द्रीय कार्यालय कमजोर भएको छ। कुन समयमा कुन काम हुन्छन् भन्ने कसैलाई थाहा छैन। यसको जिम्मेवारी पनि धेरैजसो ममाथि नै जान्छ। यसलाई हामी सबै मिलेर हटाउनु छ। स्थिति अझै नसुध्रिने लायक भएको छैन। हामीहरूले अनेक पटक जीवन मरणका सवालमा काँधमा काँध मिलाएर देशका दुश्मनहरूसँग जीवन मरणको युद्ध गर्‍याैं।

भविष्य अत्यन्त अनिश्चित भए पनि त्यस समयको हाम्रो कर्तब्यपरायणता र मैत्री, एकता र उदारताको आज अभाव हुनगएको छ। यसलाई हामीले आज पुनः प्राप्त गर्नु परेको छ। त्यो अझै बढी त्याग र बलिदानले मात्र प्राप्त हुनसक्छ। अनि मात्र देशमा प्रजातन्त्रको विकास हुनेछ र समाजवादको मार्ग प्रशस्त हुनेछ। अनि मात्र हाम्रो ऐतिहासिक उत्तरदायित्व पूरा हुनेछ।

(साभारः ‘नेपाल पुकार’ को २०१५ काे अंकबाट)

प्रकाशित मिति: बुधबार, भदौ २४, २०७७, ०७:००:००
स्पेसखबर
स्पेसखबर @spacekhabar
लेखकबाट थप
  • सहिद स्मारक बी डिभिजनमा सातदोबाटोको जित
  • अविश्वास प्रस्तावबारे कांग्रेसले उचित समयमा निर्णय लिने
  • सगरमाथा आरोहण गर्न बहराइनी राजकुमार हमाद मोहम्मद चैतमा नेपाल आउँदै
  • कोभिड–१९ विरुद्धको खोपको दोस्रो मात्रा वैशाख ७ गतेदेखि
  • नेपाल अब शान्तिपूर्ण युगमा प्रवेश: प्रधानमन्त्री ओली
  • नेपाललाई आत्मनिर्भर र सुन्दर देश बनाउने : विप्लव
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित शिर्षक
गणतन्त्रवादी प्रथम शहिद दुर्गानन्द झा
गणतन्त्रवादी प्रथम शहिद दुर्गानन्द झा
पशुपतिनाथ होइन, सिंहदरबार जाउन् प्रधानमन्त्री
पशुपतिनाथ होइन, सिंहदरबार जाउन् प्रधानमन्त्री
दलभित्रको कचिङ्गलले प्रतिनिधिसभालाई पनि शिकार बनाउने अवस्था अन्त्य गर्न  विघटन गरेकाे हुँ :प्रधानमन्त्री ओली(पूर्ण पाठसहित)
दलभित्रको कचिङ्गलले प्रतिनिधिसभालाई पनि शिकार बनाउने अवस्था अन्त्य गर्न विघटन गरेकाे हुँ :प्रधानमन्त्री ओली(पूर्ण पाठसहित)
राजा महेन्द्रमाथि बम प्रहार गर्ने अरबिन्द ठाकुरको सम्झनामा
राजा महेन्द्रमाथि बम प्रहार गर्ने अरबिन्द ठाकुरको सम्झनामा
बहुलाएको हात्ती र ओली सरकार
बहुलाएको हात्ती र ओली सरकार
कृपया रोक्नुहोस् विधान विपरितका निर्णयहरु !
कृपया रोक्नुहोस् विधान विपरितका निर्णयहरु !
  • ताजा समाचार
  • ट्रेण्डिङ
सहिद स्मारक बी डिभिजनमा सातदोबाटोको जित
सहिद स्मारक बी डिभिजनमा सातदोबाटोको जित
अविश्वास प्रस्तावबारे कांग्रेसले उचित समयमा निर्णय लिने
अविश्वास प्रस्तावबारे कांग्रेसले उचित समयमा निर्णय लिने
सगरमाथा आरोहण गर्न बहराइनी  राजकुमार हमाद मोहम्मद चैतमा नेपाल आउँदै
सगरमाथा आरोहण गर्न बहराइनी राजकुमार हमाद मोहम्मद चैतमा नेपाल आउँदै
कोभिड–१९ विरुद्धको खोपको दोस्रो मात्रा वैशाख ७ गतेदेखि
कोभिड–१९ विरुद्धको खोपको दोस्रो मात्रा वैशाख ७ गतेदेखि
नेपाल अब शान्तिपूर्ण युगमा प्रवेश: प्रधानमन्त्री ओली
नेपाल अब शान्तिपूर्ण युगमा प्रवेश: प्रधानमन्त्री ओली
नेपाललाई आत्मनिर्भर र सुन्दर देश बनाउने : विप्लव
नेपाललाई आत्मनिर्भर र सुन्दर देश बनाउने : विप्लव
यस्तो छ सरकार र विप्लव समूहबीचकाे तीनबुँदै सहमति पत्र
यस्तो छ सरकार र विप्लव समूहबीचकाे तीनबुँदै सहमति पत्र
कांग्रेस सरकारमा जानु हुुँदैन : नेता सिंह
कांग्रेस सरकारमा जानु हुुँदैन : नेता सिंह
दुई महिनामा तीन पटक बढ्यो इन्धनको मूल्य 1
दुई महिनामा तीन पटक बढ्यो इन्धनको मूल्य
सरकारमा देउवाकाे नजर: प्रधानमन्त्रीकै अफर आए पछि नहट्ने 2
सरकारमा देउवाकाे नजर: प्रधानमन्त्रीकै अफर आए पछि नहट्ने
सुरक्षा घेराकावीच कहाँबाट आयो प्रधानमन्त्रीलाई ज्यानको खतरा? 3
सुरक्षा घेराकावीच कहाँबाट आयो प्रधानमन्त्रीलाई ज्यानको खतरा?
सरकार र विप्लव समूह दुबैले बनाए वार्ता टाेली,अब वार्ता चाँही कहिले ? 4
सरकार र विप्लव समूह दुबैले बनाए वार्ता टाेली,अब वार्ता चाँही कहिले ?
'सरकार गठनका चार विकल्प' 5
'सरकार गठनका चार विकल्प'
सूचना - प्रविधि थप
कोरोनाविरुद्ध खोप विकास नभएसम्म विश्व पहिलेकै अवस्थामा फर्किन नसक्ने बिल गेट्सको चेतावनी कोरोनाविरुद्ध खोप विकास नभएसम्म विश्व पहिलेकै अवस्थामा फर्किन नसक्ने बिल गेट्सको चेतावनी
इन्टरनेट नचले पैसा मिनाहा !
क्यान इन्फोटेक फागुन २ गतेदेखि
ग्लोबल थप
भारतमा एक नेपालीको हत्या भारतमा एक नेपालीको हत्या स्पेसखबर बैतडी घर भएका एक नेपालीको भारतमा हत्या भएको छ । हत्या हुनेमा बैतडीको तल्लोस्वराडका ४८ वर्षीय लोकेन्द्र चन्द रहेको प्रहरीले जनाएको छ ।
नेपाली मूलका शर्मा दुईतिहाइ मतसहित मेयरमा निर्वाचित
नेपाली मूलका शर्मा दुईतिहाइ मतसहित मेयरमा निर्वाचित स्पेसखबर
कामदार तत्काल जापान जान नपाउने
कामदार तत्काल जापान जान नपाउने स्पेसखबर
सम्पर्क

लिवरल मिडिया प्रा.लि.

काठमाडौं - २९, अनामनगर

सूचना विभाग दर्ता नं. १०९८/०७५–७६

टेलिफोन

+977-1-57 055 62

ईमेल ठेगाना

spacekhabar@gmail.com
marketing.spacekhabar@gmail.com
हाम्रो टीम
सम्पादक रामजी दाहाल
बरिष्ठ संवाददाता मुक्तिबाबु रेग्मी भिम थापा
संवाददाता विनिल बस्नेत
प्रदेश प्रतिनिधि कुमोद अधिकारी (विराटनगर) रोहित कुमार महतो (जनकपुर) शिवकुमार रिजाल (हेटौंडा) बिक्रम खड्का (बुटवल) श्रवण देउवा (धनगढी)
ग्लोबल सुरेशचन्द्र पोखरेल (अमेरिका) शिशिर ढकाल (अष्ट्रेलिया) पुष्प थापा (जर्मनी) सन्दर्भ आचार्य (जापान)
मेनु
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
  • विचार
  • खेलकुद
  • भिडियो ग्यालरी
सोसल मिडिया
Facebook Twitter YouTube Google+
© स्पेसखबर प्रा.लि.. -2021 All rights reserved. Site by: SoftNEP