संसारको बदलिँदो अवस्था र मानिसको जीवनस्तर समृद्धिको दिशातर्फ उन्मुख भएको छ। विकासको गतिसँगै विलासी जीवन शैलीको पनि विकास हुने गर्छ। समृद्ध, सुखी र शक्तिशाली व्यक्तित्वलाई अब धेरै असुरक्षित भएको प्रमाणित राष्ट्र प्रमुख तथा सरकार प्रमुखको विदेशमा राजकीय भ्रमणमा जाँदासम्म आफ्नै सुरक्षाकर्मी लिएर जाने चलनले सिद्ध गर्दैछ।
पहिले पहिले अमेरिकन राष्ट्रपतिले मात्र यस्तो गर्ने गर्दथे। तर, अहिले संसारका शक्तिशाली मुलुकका राष्ट्र प्रमुख र सरकार प्रमुखहरुले राजकीय औपचारिक भ्रमणमा आफ्नै सुरक्षाकर्मी लिएर जाने चलनको क्रम बढ्दो छ। संसार जे जति आधुनिक विज्ञान र प्रविधिको विकासको प्रयोगले सहज र बलियो बन्दैछ। विश्वभरि फैलिएको व्याप्त अतिबावदी आतंकबादबाट असुरक्षित बन्दै गइरहेको छ। अन्तर्राष्ट्रिय आतंकबादबाट विश्वका मानव समुदाय नै धेरै पीडित बनिसकेको छ। त्यसैले अमेरिकन राष्ट्रपति डोनाल्ड ट्रम्प, भारतीय प्रधानन्त्री नरेन्द्र मोदी, चीनका राष्ट्रपति सी जिन पिङ र प्रधानमन्त्री लि खछ्याङ, जर्मन चान्सलर अंगेला मर्केल, फ्रेन्च राष्ट्रपति इमानुएल म्याक्रोन, रुसी राष्ट्रपति भ्लादमिर पुटिन जस्ता शक्तिशाली मुलुकका सरकार प्रमुख र राष्ट्र प्रमुखहरुको औपचारिक राजकीय भ्रमण हुँदा आफ्नै सुरक्षाकर्मी लिएर जाने गर्न थालेका छन्।
नेपालमा भोलि र पर्सी हुने बिमस्टेकको चौथो सम्मेलनमा सहभागी हुन आउने क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि आफ्ना सुरक्षार्की लिएर आउनु कुनै आश्चर्य र नौलो कुरा होइन। यो अब अन्तर्राष्ट्रिय प्रचनका रुपमा विकास भइसकेको छ। भीभीआइपी सुरक्षा जस्तो अति संबेदनशिल मामिलामा संसारका सबै मुलुकका सरकार जिम्मेवार र नागरिकहरु सचेत हुन अति आवश्यक छ। त्यसैले नेपाल सरकारको अनुमति र सहमतिमा भारतीय सेना नेपाल आएका हुन् न कि नेपाली सुरक्षाकर्मीहरुलाई असक्षम र अबमूल्यन नै गरेर हो। यो त अहिले अन्तर्राष्ट्रिय प्रचलन नै भइसक्यो।
नेपाल र भारतबीच खुला सीमा भएकाले पनि अन्तर्राष्ट्रिय आतंकबादको प्रभाव नेपाल पनि हुन सक्ने अनुमान धेरै बढ्दै गएको छ। अर्को कुरा नेपालमा बढ्दै गएको बेरोजगार र अपराधिकरणले अझ धेरै सशंकित बनाउँदै गइरहेको छ। आतंकबाद सिर्जनाको स्रोत गरिबी, राजनीतिक अस्थिरता, धार्मिक तथा जातीय द्वन्द्व नै प्रमुख हुने गर्दछन्। त्यसैले हामी नेपालीहरुले नेपाल जे जति सुरक्षित छाैं र नेपाल सुरक्षित देश हो भन्ने शान्तिको बिगुल फुकेपनि बाँकी विश्वको तस्वीरको दृश्य यस्तो छैन।
१० वर्षे जनयुद्धमा १७ हजार निर्दोष नेपाली नागरिकहरुले ज्यान गुमाए भने हजारौ अंगभंग भएका पीडित नेपालीहरु अझै आफ्नो नरकीय जीवन यापन गरिरहेका छन। हरेक दिन जस्तै बलात्कार र अपहरण जस्ता जघन्य अपराधका घटनाले नेपालको बाहिरी र भित्री आवरणको छवि धमिलो भइसकेको छ। जबर्जस्ती चन्दा, बन्द हड्ताल, चक्का जाम, जुलुस, धर्ना र बिखण्डीरणका राष्ट्र द्रोही आवाजहरुले अन्तर्राष्ट्रिय जगतमा धेरै ठूलो असर पार्ने गर्दछन्। यी सबै नेपालको नामलाई विश्व मानचित्रमा अशान्तिको संकेत गर्ने कारकहरु हुन्।
विगत केही समय पहिलेको कुरा गरौं। बहुचर्चित सुन तस्करी र भर्खरै केही दिन अघिको कञ्चनपुरकी १३ वर्षीया बालिकाको बलत्कारपछि हत्याको जगन्य अपराधमा नेपाली सुरक्षाकर्मी आफै संलग्न तथा खोज तलासमा भएको पक्षपात र अपराधले नेपालमा अझ धेरै संगठनिक र सुरक्षित अपराधीकरणको बढ्दो विकास भएको देखिन्छ। अपराधलाई निरुत्साहिक गर्नुको साटो राजनीतिकरण गरी राजनीतिक पार्टीले अपराधीलाई कार्यकर्ता तथा नेता बनाउने प्रचलनको विकाससँगै नेपालको शान्ति सुरक्षा अझ धेरै खस्किएको प्रमाण प्राप्त हुन्छ।
आफ्ना नागरिकलाई राम्रोसँग सुरक्षा दिन नसक्ने हाम्रो मुलुकले विदेशी पाहुनालाई कसरी सुरक्षा दिन सक्ला?यो त सोचनीय प्रश्न मात्र नभर्इँ उपयुक्त पनि हो।हामी नेपाली धेरै इमान्दार र मेहनती छाैं। विश्वासका पात्र पनि छाैं। बेलायती सेना, भारतीय सेना तथा सिंगापुर र ब्रुनाइ प्रहरीमा हामीले हाम्रो बहादुरी देखाइसकेका छौं। हामीले पूर्वाधार विकासमा धेरै कडा मेहनत गर्न सक्छौ भन्ने मलेसिया र अरबका चिल्ला सडक, गगन चुम्मी भवन, ठूला लामा पुल, विशाल रंगशाला तथा विमानस्थल निर्माण गर्न सक्छौं। तर, हाम्रो नेतृत्वमा होइन। अर्काको शासन व्यवस्थामा रहेर भन्ने पनि हामीले प्रमाणित गरिसकेका छौं।
हामी नेपालहरुको इतिहास सधे गौरवशाली रह्यो। हामी धेरै स्वाभिमान र राष्ट्र प्रेमी देश भक्ति छौं। नेपालको सार्वभौम रक्षार्थ प्राण बलिदान दिन पनि तयार छौं। तर, हामीलाई बाटो देखाउने नेता र नेतृत्व दिने सरकार सधै भ्रष्टमात्रै पायौ। त्यसैले हामी सधै गरिबमात्र भयौ। आज यो हाम्रो गरिबीको उपज भएकाले विदेशी राष्ट्र प्रमुख तथा सरकार प्रमुखले नेपाल आउँदा आफ्ना सुरक्षाकर्मी आफै लिएर आउने गर्दछन्। यसलाई हामीले कुनै नौलो र आश्चर्य तथा आत्मगलानी मान्नु पर्दैन। सहर्ष स्वीकारौं।