Main Menu
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • विचार
  • खेलकुद
  • कला
  • अन्य
    • अन्तर्वार्ता
    • फोटोफिचर
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य / जीवनशैली
    • ती दिन
    • पर्यटन
    • भिडियो
Sunday, December 08, 2019 | आइतबार, मंसिर २२, २०७६
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • विचार
  • खेलकुद
  • कला
  • अन्य
    • अन्तर्वार्ता
    • फोटोफिचर
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य / जीवनशैली
    • ती दिन
    • पर्यटन
    • भिडियो
Search here
विचार
  • गृहपृष्ठ
  • विचार
कीर्तिबाबुका केही सम्झना
हरि अधिकारी
हरि अधिकारी काठमाडौं, १० साउन
कीर्तिबाबुका केही सम्झना
कीर्तिनिधि विष्ट ।

संस्कृतिविद् सत्यमोहन जोशीले सुनाएका स्वर्गीय प्रधानमन्त्री कीर्तिनिधि विष्टसँग सम्बन्धित केही रमाइला संस्मरण पोस्ट गरिएका रहेछन् मेरो एक साथीको फेसब'क वालमा । जोशीले सुनाएका ती स-साना प्रसङ्गहरू पढेपछि मैले पनि मेरो सम्झनाको सन्दुक उघारेर हेर्ने र त्यहाँ रहेका कीर्तिबाबुसँग गाँसिएका मेरो स्मृतिका पानाहरूमा जमेको धूलो टक्ट्क्याउँने जमर्को गरेँ ।

उमेर, ठेगाना, पेसा, सामाजिक हैसियत, राजनीतिक लगावजस्ता धेरै कुराहरूमा कुनै तालमेल नभएका कारणले कीर्तिबाबु र म नजिक वा मित्रवत् हुने अवस्था पटक्कै थिएन, कहिल्यै भएनौँ पनि । तर संयोगवश: उहाँसँग भेट्ने अवसरहरू भने लगातार जुटिरह्यो मलाई । भलै ती भेटहरूले मलाई मात्रै एकोहोरो प्रभाव पारेको किन नहोस् ।

यो २०२२ सालको कुरो हो । म सञ्जीवनी हाइस्कुल धुलिखेलमा १० कक्षामा पढ्दा उहाँ उपप्रधान र शिक्षामन्त्रीका हैसियतले एउटा कार्यक्रममा प्रमुख अतिथि भएर आउनुभएको थियो । प्रधानाध्यापक पूर्णमान सिंह बस्नेतको आदेशमा विद्यार्थीहरूका तर्फबाट मैले बोलेको अथवा कविता सुनाएको थिएँ त्यस अवसरमा । कीर्तिबाबुलाई घत परेर हुनु पर्दछ, मलाई २५ रूपैयाँ इनाम दिनुभएको थियो । म भने उहाँको गोरो न गोरो देदिप्यमान चेहेरा र असाधारण लाग्ने लम्बाइ देखेर एकदमै हतप्रभ: भएको थिएँ । हुन त उहाँले इनाम दिएको रकम पनि त्यस समयमा ठूलै थियो । गोरखापत्रले आफ्नो ओपिनियन पेजमा छापेको लेखको पारिश्रमिक पनि २५ रूपैयाँ नै दिने गर्दथ्यो त्यतिबेला ।

म कलेज पढ्न काठमाडौं आए पनि लामघारे सुदर्शन पञ्चनेता कीर्तिनिधिसँग मेरो भेट हुने कुनै संयोग जुरेन २०२७ सालसम्म । उहाँ पञ्चायतको राजनीतिमा चतुरे सूर्यबहादुर थापाको एकलौटी हुँदै गएको वर्चस्व तोड्न कोसिस गरिरहनुभएको थियो । त्रिचन्द्र कलेजमा पढिरहेको म भने साहित्यमा जम्ने प्रयत्न गरिरहेको थिएँ । उहाँका बारेमा केही उडुवा कुरा भने सुन्दथेँ: कीर्तिनिधि जुवाको गहिरो लतमा परेका छन् । कीर्तिनिधिलाई दशैं तिहारमा राजा महेन्द्रले जुवा खेल्न पैसा दिन्छन् आदि । तर उहाँको चरित्रमा भएका सरलता, सहयोगी भावना, साहित्य-कलाको क्षेत्रमा लागेकाहरूप्रति सच्चा अनुराग र जीवन र जगतलाई हेर्ने उदार मानवीय दृष्टिकोण जस्ता अमूल्य गुणहरूका बारेमा मैले थाहा पाउँन भने केही समय अझै बाँकी थियो ।

पहिलोपटक त्यो समय आयो २०२७ सालमा । विष्ट प्रधानमन्त्री थिए । त्यतिनै बेला मेरो नजिकको भाइ बालु (अहिलेका बालकृष्ण सापकोटा, पीएचडी) लाई कतै पेस गर्न तुरुन्ता तुरुन्तै नागरिकताको प्रमाणपत्र चाहिने भएछ । जन्मजिल्ला काभ्रे, त्यसको सदरमुकाम धुलिखेल गएर लिँदा नभ्याइने । अर्को जिल्ला अथवा काठमाडौंबाट नागरिकता लिनलाई सचिव स्तरको कर्मचारीको सिफारिस चाहिने निर्णय विष्टकै क्याबिनेटले गरेको रहेछ । त्यतिबेला हामीले चिन्ने कोही सचिव थिएन । बालु रुउँला जस्तो गर्न थाल्यो ।

त्यतिबेला मैले झट्ट विष्टलाई सम्झिएँ । अर्को जिल्लाबाट नागरिकताको प्रमाणपत्र लिन विशिष्ठ श्रेणीको सरकारी कर्मचारीको सिफारिस चाहिने भन्ने, मेरो विचारमा वाहियात निर्णय गर्ने उनै प्रधानमन्त्रीले दिलाउनु पर्दछ भाइलाई नागरिकता भनेर म उसलाई लिएर भोलिपल्ट बिहान सबेरै प्रधानमन्त्री निवास गएँ ।

त्यस समय प्रम विष्ट नारायणहिटी दरबारको पुरानो दक्षिणढोकाको अगाडिपट्टिको एउटा घरमा बस्थे । उनको ढोका सबैका निम्ति खुल्ला थियो । हामी पुग्दा त्यहाँ त्यस्तै ८/१० जना मात्र थिए । हामी दुई फुच्चाहरूलाई देखेर प्रमका भान्जा नाता पर्ने स्वकीय सचिव श्येमन्त नामका पन्त वा लोहनीले कौतुकमय मुद्रामा सोधे-भाइहरूको के काम थियो ? 'प्रधानमन्त्रीज्युलाई भेट्नुछ' मैले भनेँ । 'के काम हो भन्नोस् म कामसमेत सुनाएर उहाँसँग सोध्छु,' उनले भने । मैले अलि घबराएको ध्वनिमा आफूलाई परेको समस्या सुनाएँ । मेरो कुरा सुनेर छक्क परेका ती सचिव अलमलिएको मुद्रामा प्रम बसिरहेको कोठामा गए ।

त्यसको त्यस्तै ५ मिनेटपछि नै प्रधानमन्त्री कीर्तिनिधि विष्टको उन्मुक्त हाँसो सहितको धोत्रो स्वर आगन्तुक कक्षमा गुञ्जियो । 'ए भाइहरू म प्रधानमन्त्रीले नै सिफारिस गर्नु पर्‍यो त तपाइँहरूको नागरिकताका लागि ?'

'जसरी भएपनि आज नागरिकता बन्नू पर्‍यो' मैले अलि दबेको स्वरमा भनेँ ।

'ल ल । ए श्येमन्त सचिव प्याकुरेललाई भन्दे त भाइहरूको काम गर्दिनु भनेर । हिजो मात्र बढुवा भएको उनले नि गज्जबको काम पाउने भए ।' विष्टले आदेश दिए । श्येमन्तले प्रमको कार्यालयमा अघिल्लो दिनदेखि हाजिर भएका नयाँ सचिव वासुदेव हो या बलराम प्याकुरेललाई टेलिफोन गरिदिए र हामीलाई उनको पुरानो बानेश्वरको घरको लोकेसन सम्झाएर बिदा गरे । हिँड्ने बेलामा मैले कृतज्ञ भएर गरेको नमस्कारको भने विष्टले वास्तै गरेनन् ।

दोस्रो पटकको भेटको त झनै रोचक किस्सा छ । सिंहदरबारमा आगलागी भएपछि नैतिकताको दुहाइ दिँदै प्रमको पदबाट राजीनामा गरेर बसेका विष्ट ती दिनहरूमा कला साहित्यजस्ता विषयमा अभिरुचि राखेर यसो कार्यक्रमहरूमा देखा पर्न थालेका थिए । हाम्रो साहित्यिक सर्कलका राजनीतिक नेता केदारमान व्यथितसँग उनको राम्रो हिमचिम थियो । त्यही कालखण्डको कुनै एक वर्ष व्यथितजीले साहित्यकारहरूलाई हारी- बिमारी वा कुनै अभर पर्दा सहयोग गर्न एउटा कोष बनाउने र त्यसको जोहो गर्न तिहारमा देउसी खेल्न जाने कार्यक्रम बनाएछन् र हामी उनका कुरा काट्न नसक्ने परशु प्रधान, ध्रुव सापकोटा, शैलेन्द्र साकार, नगेन्द्रराज शर्मा आदिलाई एक किसिमले उर्दी जारी गरे । व्यथितको ज्याठाको घरमा जम्मा भएका हामीहरूलाई उनले भने- ज्ञानेश्वर कीर्तिबाबु कहाँबाट बोहोनी गर्ने । विष्टसँग कुरा गरेको छु ।

त्यस साँझ विष्टले हाम्रो टोलीको राम्रो खातिरदारी त गरे नै त्यहाँबाट उनी स्वयम् पनि साहित्यकारहरूको त्यो देउसे टोलीमा सामेल भए । उनकै सल्लाहमा हामीहरू जय नेपाल चित्रघरसँगै बस्ने विवादास्पद व्यापारी रामनिरञ्जन जाटियाको घरमा देउसी खेल्न गयौँ । जाटियाले एक प्रधानमन्त्री भइसकेका र अर्का मन्त्री बनिसकेका बडेआदमी सहितको देउसे टोलीलाई दर्‍है दक्षिणा दिए क्यारे । रातको १ बजेसम्म हामीसँग हिँडेर ती लम्बु नेता साथमा आएको परिचरसँग फर्किएको जस्तो लाग्छ । विष्टसमेत सामेल भएर खेलिएको देउसीबाट उठेको रकम ध्रुव सापकोटा, व्यथित र अर्को एकजना कसैको संयुक्त नाममा खाता खोलेर राखिएको थियो सायद । त्यो रकम अझै हुनुपर्दछ कुनै ब्याङ्कमा ।

म पत्रकारितामा पूरा समय काम गर्ने गरी सक्रिय भएपछि विष्टजीसँग सम्बन्ध अलि गाढा भयो । उनीसँग टेलिफोनमा कुरा हुन थाल्यो । दुई-चारपटक उनको घर पनि गएको थिएँ । सन् १९९६ मा म अमेरिकाको भ्रमणमा जाने भएपछि संयुक्त राष्ट्रसंघका लागि नेपालको नियोगमा उपप्रमुख रहेका उनका छोरा विनोद विष्टसँग पनि भेट्ने विचार गरी उनलाई फोन गर्दा उनी सार्‍है खुसी भएका थिए । 'हरिबाबु मैले भन्द्याछु । विनोदले न्युयोर्कमा तपाईंलाई हर प्रकारले मद्दत गर्छ ।' उनले तीन-चार दिनपछि भनेका थिए ।

नभन्दै विनोदले मलाई धेरै नै सहयोग गरे । नियोग उपप्रमुखको निवास बनाउन भनी किनिएको न्युयोर्क ट्युडोर सिटीस्थित प्रपर्टीमा कोठाहरू खाली नै रहेछन् । संयोगले त्यतिबेला नै न्युयोर्क पुगेका प्रख्यात कलाकार नीर शाह र मलाई त्यहीँ बस्ने ब्यवस्था मिलाइदिए । नीर र म मिल्ने साथी परदेशमा पनि सँगै बस्ने अवसर जुटेकोमा हामी दङ्ग पर्‍यौँ । विनोदले उनको घरमा बोलाएर डिनर पनि खुवाए ।

निकै वर्षपछि एक साँझ कीर्तिबाबुसँग मैले अलि रुखो किसिमले अप्रिय वार्तालाप गरेको सम्झन्छु त्यो पनि सामान्यत: हेर्ने हो भने मेरो खासै सरोकार नपर्ने विषयमा । अहिले मलाई लाग्दछ त्यो फोनवार्ता गर्न जरूरी थिएन । त्यो मैले आफ्नो स्वभावगत कमजोरीका कारण गरेको थिएँ ।

पद र पैसाको तामसी जोसमा होस हराएका लोकमानसिंह कार्कीहरूले सुनसरी, दुहबी बजारको विराटनगर जाने मूल सडकमा त्यतिबेला जीवितै रहेका कार्कीकुलशिरोमणि भूपालमान सिंहको पूर्णकदको सालिक खडा गरेका थिए । जहाँ सालिक उभ्याइएको थियो त्यहाँ दोबाटो चौबाटो केही थिएन । मात्र उत्तर दक्षिण लम्पसार परेको सडकको माझमा स्त्री-योनि आकारको ठाउँ बनाएर बृ. ज. कार्कीको डाम्मडुम्म परेको ढलोटको ६-७ फुटे मूर्ति सडक विभाग, यातायात कार्यालय, ट्राफिक प्रहरी, सीडीओलगायत सबै सुरक्षा संयन्त्रहरूलाई खुलेयाम हाँक दिँदै उभ्याइएको थियो । म ती दिनहरूमा आफ्नो दैनिक पत्रिका लिएर विराटनगर गएको थिएँ र काम विशेषले त्यो सडक भएर ओहोरदोहोर गर्दा त्यहाँनेर पुगेपछि रिस, क्षोभ, असहायपना र असफल विद्रोहको भावनाले हुरुक्कै हुन्थेँ । धेरै दिनसम्म कार्की जर्साहेबको त्यो सालिक बाक्लो कपडाले छोपेर राखिएको थियो ।

एक दिन हठात् समाचार सुनियो दुहबीको सडकमा स्थापित राजसभा स्थायी समितिका पूर्वसभापति समाजसेवी बृ. ज. भूपालमान सिंह कार्कीको पूर्णकदको सालिक पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्टद्वारा अनावृत । समाचार सुन्नेबित्तिकै गलत ठाउँमा गलत मान्छेको सालिक ठड्याएको देखेर मनमा धेरै पहिलेदेखि जम्मा भएको रिसको घडा फुटेर छताछुल्ल भयो । विवेक गुमाएको क्षणको मेरो त्यो रिसको घानमा परे मैले सम्मान दिदै आएका वयोवृद्ध अगुवा कीर्तिनिधि विष्ट ।

अलि थर्थराएको जस्तो सुनिए पनि मीठो लाग्ने उनको लामो हे.. लो सुन्नेबित्तिकै पड्केको मैले के के भनेँ थाहै पाइनँ । निक्कै बेरपछि ती भद्र पुरुषले हार मानेको दमित स्वरमा भनेको कुरा चाहिँ अझै सम्झन्छु - 'साँच्चै, हो त, अहिले पो याद आयो, त्यो सालिक त एकनासको सडकको बीचमा पो थियो त हगि ! ह्यज्यर्डस् नै छ त्यो त । त्यसको उद्घाटन गर्नु गल्ती नै भएछ लौ ! सडकलाई भजाइनल सेपमा काटेको भन्ने बिम्व चाहिँ गज्जबको प्रयोग गर्नु भो ल तपाइँले !'

प्रकाशित मिति: शुक्रबार, साउन १०, २०७६, १२:०८:००
हरि अधिकारी
हरि अधिकारी @hari.adhikari undefined
लेखकबाट थप
  • कम्युनिष्ट सरकार अर्थात् याेजनाबद्ध शोषणको युग
  • ओली शासनमा बाह्रमासे गाइजात्राको बयान
  • सीकेसँग किन डराएका हुन् दुई तिहाईका ओली ?
  • केही प्रसंग तुलसी गिरीका
  • शितलनिवासमा उदांगिएको घिनलाग्दो विलासप्रियता
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित शिर्षक
सीमा विवाद : कूटनीतिक संवादबाटै निकास
सीमा विवाद : कूटनीतिक संवादबाटै निकास
खेमराज गुरु, गिरिजाबाबु र गेस्ट हाउस
खेमराज गुरु, गिरिजाबाबु र गेस्ट हाउस
तिलोत्तमा लगानी सम्मेलन र डायलसन अधिकारी
तिलोत्तमा लगानी सम्मेलन र डायलसन अधिकारी
साझा संकल्पको दस्तावेज नेपालकाे संविधान
साझा संकल्पको दस्तावेज नेपालकाे संविधान
रोष्टम घेर्नु पर्ने अवस्था आउनु दुर्भाग्य
रोष्टम घेर्नु पर्ने अवस्था आउनु दुर्भाग्य
‘एनआरएन धनाढ्यहरूको क्लब हुनुहुँदैन’
‘एनआरएन धनाढ्यहरूको क्लब हुनुहुँदैन’
  • ताजा समाचार
  • ट्रेण्डिङ
ग्यास लिक भएर एकजनाको मृत्यु
ग्यास लिक भएर एकजनाको मृत्यु
कोहलपुरमा कर्फ्यू, घाइते छात्रालाई सेनाको हेलिकप्टरबाट काठमाडौं लगिदै
कोहलपुरमा कर्फ्यू, घाइते छात्रालाई सेनाको हेलिकप्टरबाट काठमाडौं लगिदै
१५ दिनभित्र तिर्न भन्दै एनसेललाई झन्डै साढे २२ अर्ब कर निर्धारण
१५ दिनभित्र तिर्न भन्दै एनसेललाई झन्डै साढे २२ अर्ब कर निर्धारण
किन बढ्याे नेकपाभित्र प्रचण्डकाे सक्रियता ह्वात्तै ?
किन बढ्याे नेकपाभित्र प्रचण्डकाे सक्रियता ह्वात्तै ?
सहकारीमा विस्फोट गराएको आरोपमा विप्लव समूहका मेचीनगर इन्चार्ज तीनकुनेबाट पक्राउ
सहकारीमा विस्फोट गराएको आरोपमा विप्लव समूहका मेचीनगर इन्चार्ज तीनकुनेबाट पक्राउ
रामेछापका विद्यार्थीको मुहारमा खुसी साँट्दै चौलागाईं
रामेछापका विद्यार्थीको मुहारमा खुसी साँट्दै चौलागाईं
नेपालकाे उपचार खर्च-विवरण आयाे, सिंगापुरकाे  कति ?
नेपालकाे उपचार खर्च-विवरण आयाे, सिंगापुरकाे कति ?
निर्माणमैत्री वातावरण आजको आबश्यकता
निर्माणमैत्री वातावरण आजको आबश्यकता
धरानमा कांग्रेस ऐतिहासिक जित उन्मुख 1
धरानमा कांग्रेस ऐतिहासिक जित उन्मुख
प्रचण्ड–देउवाको अर्थपूर्ण भेटघाट 2
प्रचण्ड–देउवाको अर्थपूर्ण भेटघाट
कांग्रेस बैठक मंसिर २६ गते  बस्दै,  उपनिर्बाचनको समीक्षा र भातृसंस्थाको नेतृत्वबारे छलफल हुने 3
कांग्रेस बैठक मंसिर २६ गते बस्दै, उपनिर्बाचनको समीक्षा र भातृसंस्थाको नेतृत्वबारे छलफल हुने
विश्वप्रकाशले भने– परिवर्तनको पक्षमा उभिने धरानलाई बधाइ 4
विश्वप्रकाशले भने– परिवर्तनको पक्षमा उभिने धरानलाई बधाइ
निर्वाचन अधिकृतले बदर मत सदर गरी नेकपालाई जिताउन खोजेको कांग्रेसको आरोप 5
निर्वाचन अधिकृतले बदर मत सदर गरी नेकपालाई जिताउन खोजेको कांग्रेसको आरोप
सूचना - प्रविधि थप
सुर्खेतको रातानाङ्लामा अत्याधुनिक राडार सुर्खेतको रातानाङ्लामा अत्याधुनिक राडार
फेसबुक र गुगल मानव अधिकारका लागि खतराः एमनेष्टी
अब मन्जुरीबिना एसएमएस गरी विज्ञापन गर्न नपाइने
ग्लोबल थप
विदेशी अस्पतालमा कोमामा रहेका नेपालीलाई स्वदेश ल्याइदैं विदेशी अस्पतालमा कोमामा रहेका नेपालीलाई स्वदेश ल्याइदैं स्पेसखबर श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टको अध्यक्षतामा आइतबार बसेको वैदेशिक रोजगार बोर्डको सचिवालय बैठकले कोमामा रहेका नेपाली कामदारलाई स्वदेश ल्याएर उपचार गर्न आवश्यक व्यवस्था मिलाउन सरोकारवाला पक्षको सहभागितामा ...
भारतमा एक नेपालीको हत्या
भारतमा एक नेपालीको हत्या स्पेसखबर
नेपाली मूलका शर्मा दुईतिहाइ मतसहित मेयरमा निर्वाचित
नेपाली मूलका शर्मा दुईतिहाइ मतसहित मेयरमा निर्वाचित स्पेसखबर
सम्पर्क

लिवरल मिडिया प्रा.लि.

काठमाडौं - २९, अनामनगर

सूचना विभाग दर्ता नं. १०९८/०७५–७६

टेलिफोन

+977-1-57 055 62

ईमेल ठेगाना

spacekhabar@gmail.com
marketing.spacekhabar@gmail.com
हाम्रो टीम
सम्पादक रामजी दाहाल
बरिष्ठ संवाददाता मुक्तिबाबु रेग्मी भिम थापा
संवाददाता विनिल बस्नेत
प्रदेश प्रतिनिधि कुमोद अधिकारी (विराटनगर) रोहित कुमार महतो (जनकपुर) शिवकुमार रिजाल (हेटौंडा) बिक्रम खड्का (बुटवल) श्रवण देउवा (धनगढी)
ग्लोबल सुरेशचन्द्र पोखरेल (अमेरिका) शिशिर ढकाल (अष्ट्रेलिया) पुष्प थापा (जर्मनी) सन्दर्भ आचार्य (जापान)
मेनु
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
  • विचार
  • खेलकुद
  • भिडियो ग्यालरी
सोसल मिडिया
Facebook Twitter YouTube Google+
© स्पेसखबर प्रा.लि.. -2019 All rights reserved. Site by: SoftNEP