नेपाल प्रहरीमा अहिले आन्तरिक शुद्धीकरण गरिएको छ । जसले गर्दा प्रहरी संगठन नै राम्रो हुनुपर्छ । त्यसमा सम्झौता हुँदैन । मैले भन्ने गरेको छु– ‘बदनियतमा सहुलियत हुँदैन’ । त्यसकारण कहीं पनि बदनियत गर्ने काम पाइँदैन, त्यो क्षम्य हुँदैन । यो गर्नका लागि प्रहरी संगठनमा आबद्ध भइसकेपछि यसलाई मूलभूत आधार स्तम्भ मानिएको हो । यो न्यूनतम आवश्यकता हो । बदनियत गर्न पाइँदैन । अरू कुरा प्रहरीले गर्ने कुरा हरूमा आ–आफ्नो क्षेत्रमा आ–आफ्नो किसिमको तागत क्षमता, दक्षता, सीप आवश्यक हुन्छन् । ती कुराहरूलाई आ–आफ्नै चासो हुन्छ । संगठनका विभिन्न पक्षहरूमा काम गर्न सकिन्छ । मूलभूत कुरा पहिले यो भयो । यसैमा हामीले काम गरिरहेका छौं । तर, जसले गर्दा अहिले कोही पनि नेपाल प्रहरीमा नराम्रो गरेको मान्छे छन् है भन्ने कुरा बहुत् कम सुन्नुपर्छ । हामीले पहिला सुन्ने गरिन्थ्यो, प्रहरीलाई यस्तो–उस्तो भन्ने, मलाई लाग्छ यो धेरै सुधार भएको छ । अर्को हाम्रो प्राथमिक दायित्व भनेकै अपराध रोकथाम नियन्त्रण गर्ने, अनुसन्धान गर्ने र शान्ति सुरक्षा हो । यसमा हाम्रो अहम् दायित्व पनि छ । हामी फ्रन्टलाइन एजेन्सीका रुपमा हामीले काम पनि गरेका छौं । यो गर्नका लागि कुनै पनि अपराधिको सञ्जाल पहिचान गर्ने र त्यसको जरैदेखि उखेल्ने कामहरू भएका छन् । हामी कुनै अपराध हुन्छ र अपराधलाई अनुसन्धान गरेर मात्र गर्ने विषय भन्दा एउटा होला । तर अपराध हुन नदिनका लागि नै पहिला हामी यसलाई प्राथमिकता दिन्छौं, प्राथमिकतासाथ अघि बढेका छौं । भए गरेका आपराधिक गतिविधिहरूलाई चाहिँ त्यसको संगठित रूपमा भइरहेका गतिविधिलाई जरो नै फाल्ने काम भइरहेको छ । चाहे लागूऔषधमा होस् चाहे अन्य आपराधिक गतिविधि वा संगठित अपराधमै किन नहोस् । चाहे आर्थिक, हुन्डीका रुपमा काम गरोस् या सामाजिक जुनसुकै अपराधमा प्रहरीले विल्कुल शून्यसहनशीलतामा काम गरिरहेको छ । सँग–सँगै अपराधका विभिन्न क्षेत्रमा अपराध हुनै नपाउने वातावरण बनाइएको छ । जस्तो अपहरणका कुरा होलान्, कहीं लागूऔषध, कहीं विभिन्न जघन्य अपराधका कुरा होलन् यस्तो हुन नदिन र यदि भइहाल्यो भने प्रहरी परिचालन तत्काल गरी नियन्त्रण, हस्तक्षेप गरी पक्राउ गर्न सक्ने अवस्था छ । जसले गर्दा त्यसले पछिको असर नगरोस् । अपराधै नहोस् भन्ने एउटा पहल भएको हो ।
अहिले मुलुकका जुन–जुन ठाउँमा प्रहरी छैनन् त्यहाँ युनिटहरू पु¥याउने कामहरू तीव्रतर रुपमा भएका छन् । कतिपय स्थानमा जनशक्ति नहुँदा कार्यसम्पादनमा परेको अफ्ठयारोलाई सहज बनाइएको छ । लजिस्टिक व्यवस्थापन गरिएको छ । हरेक ठाउँमा एक चौकी एक मोटरसाइकल भन्ने अवधारणा ल्याइएको छ । यसरी सबै ठाउँमा साधन, स्रोत पु¥याउने काम गरिएको छ । यीसँगै जनचेतनाका माध्ययमबाट समुदायमा घुलमिल हुने अवसर सिर्जना गरिएको छ । यसका लागि समुदाय–प्रहरी साझेदारी कार्यक्रमलाई अघि बढाइएको छ । यो अवधारणाले चौतर्फी सकारात्मक प्रभाव पारिरहेको छ । यो अवधारणा ल्याइसकेपछि विभिन्न तहमा प्रहरीले समुदायसँग मिलेर अपराध रोकथाम, न्यूनीकरणको वातावरण मिलाइएको छ । सँग–सँगै कतिपय क्रियाकलापहरू कसुरका रुपमा रहेका र कतिपय थाहै नपाई अपराधको दण्ड सजाय भोग्नुपर्ने नागरिकको अवस्थालाई रोकेका छौं । थाहानपाएका, नबुझेर अपराधको सजाय भोग्नेलाई अपराध केहो ? के गर्न हुन्छ, के गर्न हुँदैन भन्ने कक्षाहरू विद्यालय, कलेजहरूमा चलाइरहेका छौं । जसमा ८० लाख विद्यार्थी, ४० लाख अभिभावक, ३५ हजार शिक्षकसँगै समाजका सबै व्यक्ति, समुदायलाई कक्षा दिई अपराध हुन नदिन, अपराधबाट जोखिने उपायबारे सचेतना कक्षा चलाएका छौं ।
महिला हिंसा, बालबालिकामाथि हुने हिंसा, मानव बेचबिखन, साइबर अपराधका कुराहरूमा विशेष ध्यान केन्द्रित गरी कार्यक्रम अघि बढाइएको छ । कक्षासँगै उनीहरूको नेतृत्वको स्वतः विकास गर्ने तय छ । स्कुल, कलेजका विद्यार्थीलाई पनि प्रशिक्षकका रुपमा विकास गरी अघि बढिरहेको अवस्था छ । प्रहरीसँग–सँगै उनीहरूले पनि कक्षा लिएर जाने, समुदायमा त्यो कक्षा प्रस्तुत गर्ने काम भइरहेको छ । जसबाट आफ्नोसँगै हरेक समुदायलाई राम्रो हुनेतर्फ सन्देश प्रवाहको वातावरण निर्माण गर्ने काम भइरहेको छ ।
७ सय ५३ मध्ये ७ सय ५२ स्थानीय तहमा हामीले सम्झौता गरिसकेको अवस्था छ । हामीले यो सम्झौतासँगै हातेमालो गर्दै अघि बढ्ने भनेर स्रोत परिचालन गर्ने कामहरू भएका छन् । अहिले नेपाललाई नै प्रविधिमैत्री बनाएर अघि लैजानका लागि सीसीटीभीको व्यापक रुपमा जडान गर्ने काम पनि गरेका छौं । सम्भवतः अहिलेसम्म नभएका सीसीटीभी हामीले ४ महिनामा जडान गरिसकेका छौं । यतिका वर्षमा नभएका काम हामीले ४ महिनामै पूरा गरेका हौं । हामीले हरेक क्षेत्रमा सीसीटीभीबाट पनि निगरानी गर्नुपर्छ भन्नेमा अघि बढेका छौं । समाजलाई सुरक्षित बनाउनेमा यसको भूमिका पनि अहम् मान्न सकिन्छ । जसबाट अपराध नियन्त्रण, अनुसन्धान गर्न सहज होस् र कानुनको पनि नयाँ कानुन फौजदारी संहिता भन्ने आएको छ यो विषयहरूबारे सबैलाई जानकारी गराउनुपर्छ । किनभने कानुनमा के–के प्रावधान छ भन्ने कुरा पनि सबैलाई जानकारी गराउनु जरुरी छ ।
अर्को कुरा हामीले यहीं जनशक्ति परिचालनको सन्दर्भमा र व्यक्तित्व विकासका सन्दर्भमा पनि नेपाल प्रहरीको उच्च मनोबल राख्ने काममा पनि सबै प्रहरी कर्मचारीहरूको वृत्ति विकासका कार्यक्रमदेखि लिएर सम्पूर्ण संगठन विकासको काम पनि भइरहेको छ । यसकारण प्रहरीमा पनि एककिसिमको ऊर्जा सञ्चार भइरहेको छ र काम गर्न हौसला बढेको छ । हामीले संगठनको विकासका कुराहरूमा पनि व्यक्तित्व विकास, व्यावसायिक विकासलाई पनि ध्यानमा राखेर कसरी यसमै तल्लीन गराउने, कसरी यसमै इमानदार, निष्ठा र प्रतिबद्ध गराउने भन्नेमा जोड दिएका छौं । यसमा सबै प्रहरी कर्मचारीहरूलाई आबद्ध गराउने सबै प्रहरीलाई पेसाप्रति समर्पित गराउने, राष्ट्रप्रति उत्तरदायी हुनु नै सबैभन्दा ठूलो कुरा हो । यो नै जीवनको ठूलो अवसर हो भन्ने कुरा नै मूलभूत रुपमा अघि बढाउने भन्ने भएको छ । अहिले यसका प्रतिफलहरू पनि देखिन थालेका छन् । हरेक प्रहरीहरू निष्ठामा काम गर्ने वातावरण बनाइएको छ ।
आन्तरिक सँग–सँगै अन्य निकायहरूसँगको समन्वय र सहकार्य गर्ने कार्यलाई पनि तीव्रताका साथ अघि बढाइएको छ । जस्तो कतिपय अवस्थामा संयन्त्रका, सुरक्षाका कुराहरू सँगैको आपसी समन्वयलाई प्रभावकारी बनाएका छौं ।
योसँगै शान्ति, सुरक्षामा सरोकार राख्ने वा प्रभाव पार्ने अन्य निकायहरूसँग पनि त्यो उच्चतम् खालको समन्वय कायम गरी अघि बढेका छौं । जसले गर्दा मिसअन्डरस्ट्यान्डिङ अथवा मेरो–तेरो भन्नुभन्दा पनि हाम्रो सबैको काम हो भन्ने भावना जागृत गराएका छौं । यसमा नेपाल प्रहरीको भूमिका अग्रणी छ । नेपाल प्रहरीले विकास निर्माणका कामहरूमा कुनै बाधा, अड्चन आउने भइरहेको छ भने प्रशासनिक दृष्टिकोणले के काम गर्नुपर्ने हुन्छ ? के गर्दा विकास निर्माणका काममा अवरोध आउन सक्दैन, कसरी अघि बढ्न सकिएला ? भन्नका लागि पनि सरकारी निकायहरूसँग पनि प्रहरीले गर्न सक्ने कामका रुपमा पनि स्पष्ट रुपमा हातेमालो गरी अगाडि बढेका छौं । कुनै पनि अवरोध खडा गर्ने काम प्रहरीलाई सह्य छैन । यो हुनु पनि भएन । यसका लागि प्रहरीबाट हुनसक्ने सबै काम पूरा गरेका छौं । यसले के गर्छ भने विकास हुँदै जाँदा सबैमा भरोसा बन्दै जान्छ, वातावरण सुरक्षित पनि बन्दै जान्छ, सर्वसाधारणमा खुसीको सञ्चार पनि हुँदै जान्छ ।
यी विषयवस्तु भइसकेपछि मानिस अपराध उन्मुख पनि हुँदैन । नेपाल सरकारले पनि विशेष प्राथमिकता राखेर गरेको विषय पनि भयो । अहिले जुन समृद्धको कुरा आइरहेको छ, प्रधानमन्त्रीज्यूले लिनुभएको सुखी नेपाली, समृद्ध नेपाल भन्ने राष्ट्रिय संकल्पका रुपमा हामी पनि कसरी समाहित हुन्छौं, प्रहरीले यसमा के सघाउ पु¥याउँछ भन्ने कुरामा पूर्ण प्रतिबद्धसहित अघि बढेको अवस्था छ ।
कहीं पनि प्रहरीको उपस्थिति सक्रिय देख्न सकिन्छ । जस्तो कहीं विद्युत् चोरी भइरहेको छ । त्यसलाई नियन्त्रण गर्न सक्नुप¥यो । यसमा प्रहरीले ठाउँ–ठाउँमा विद्युत् चोरी भइरहेको ठाउँमा नियन्त्रण गरिरहेका छौं । चोरीमा संलग्नलाई कानुनको दायरामा ल्याएका छौं । कहीं ठेक्का–पट्टा गर्नुपर्ने ठाउँमा अफ्ठ्यारो भए वा गुन्डागर्दी भए त्यहाँको समस्या समाधान गरेका छौं । जुनसुकै विषयवस्तु हुन् चाहे स्वास्थ्यको विषय होस्, चाहे अन्य क्षेत्र नै किन नहोस् । कहीं पनि गलत गतिविधि भए त्यसलाई नियन्त्रणमा लिन सक्रिय छौं । गलत, अबैधखालका गतिविधिहरूमा नियन्त्रणको अफ्ठ्यारो भएमा प्रहरी प्रशासनको जुन सहयोग चाहिन्छ त्यसमा हाम्रो पूर्ण सहयोग रहेको छ । यसले गर्दा वातावरण पनि राम्रो बन्दै गएको छ ।
यस्तै धेरै वर्षदेखि नेपाललाई मानव बेचबिखनका लागि उर्वर मुलुकका रुपमा चिनिए पनि अहिले पूर्ण नियन्त्रणको पथतिर छ । पहिले यसतर्फ सरकारी क्षेत्रबाट हेर्ने दृष्टिकोणसमेत नबनेको अवस्थामा अहिले सुधारिएको देख्न र अनुभूति गर्न पाएको अवस्था छ । पहिले समग्र रुपमा राष्ट्रव्यापी रुपमा हेर्ने अवस्था नभए पनि अहिले प्रहरीकोमा शाखा (ब्युरो) नै स्थापना गरी सक्रिय भूमिका निर्वाह गरिरहेका छौं । भरखरमात्र मानव बेचबिखन अनुसन्धान ब्युरो स्थापना ग¥यौं । साइबर क्राइमको अनुसन्धान ब्युरो खडा भएको छ ।
अन्तर्राष्ट्रिय रुपमा पनि इन्टरपोलसँगको सम्बन्ध, सहयोगमा धेरै राम्रो काम गर्न सफल भएका छ । साथ सहयोग चौतर्फी पाएको अवस्था छ । इन्टरपोलका अन्य सदस्य राष्ट्रहरू पनि सहयोग आदान–प्रदान भइरहेका छन् । मुलुकभित्रै फरार अपराधी पक्राउ गर्ने बृहत् काम त हामीले गरिरहेका छौं । तर, बाहिर लुकेर बसेका अपराधीहरूलाई पनि कानुनको दायरामा ल्याउने काम भएको छ । त्यस्तो सहयोग बाहिरबाट पनि प्राप्त भएको अवस्था हो । कानुनका दायरामा ल्याउनुपर्ने जति पनि कामहरू हुन्छन् ती काम हामीहरूले स्वयं तथा इन्टरपोलसँगको सहकार्यमा गरिरहेको अवस्था छ । यस्ता सफलता प्रहरीले उल्लेख्य रुपमा पाएको छ । यो राष्ट्रको गौरव गर्ने विषय पनि हो । यीसँग–सँगै अन्तर्राष्ट्रिय तालिमहरू नेपालमै गर्ने अवसर पनि प्राप्त गरेका छौं । नेपाल प्रहरीको क्षमता र दक्षताकै कारण मुलुककै इमेज (छवि) बाहिर (विश्वस्तरमा) गएको छ । नेपाल प्रहरीको कस्तो दक्षता र क्षमता छ भन्ने कुरो प्रस्ट छ । हामीले क्षेत्रीय, इन्टरपोलका तालिमहरू पनि दिएका छौं । योसँगै हामीले यूएनसँगको सम्बन्ध विस्तार, छवि राम्रो बनेको छ । त्यहाँको सहभागिताले हाम्रो शिर उच्च बनाएको छ । अन्तर्राष्ट्रिय पुलिसिङमा पनि सर्वोच्चता हासिल गरेको छ । यी सबै भइरहँदा पनि नेपाल प्रहरीले नागरिकलाई छिटोछरितो, गुणस्तरीय सेवा दिनका लागि प्रतिबद्ध छौं । उदाहरणका लागि प्रहरीको रिपोर्ट लिनुपर्दा घाममा लाइनमा बस्नुपथ्र्यो, काम सक्न २÷४ दिन पनि लाग्थ्यो अहिले भने यो परिपाटी हटेको छ । यसलाई हामीले अनलाइनमार्फत सेवा दिइरहेका छौं । विदेशमै बसेर पनि अनलाइनमार्फत सेवा प्राप्त गर्न सकिने व्यवस्था मिलाउँछौं । असल शासनका हिसाबले प्रहरीले यी कामलाई सक्रिय साथ अघि बढाएको छ । जसले जनतालाई समय, आर्थिक रुपमा सहज भएको छ । अनियमित हुने र काममा ढिलासुस्ती हुने परिपाटीको अन्त्य भएको छ । यसरी नै सिस्टमको विकास गरेका छौं । प्रहरीले आईटीलाई सक्दो धेरै प्रयोगमैत्री बनाएर सेवा प्रवाह गरिरहेको अवस्था छ । आईटीमा त नेपालमा सँगै विदेशमा समेत प्रहरी पुरस्कृत भएको अवस्था छ ।
यसरी राम्रो काम गरिरहेको परिप्रेक्ष्यमा पनि प्रहरी संगठनभित्रको आन्तरिक शुद्धता र भ्रष्टाचाररहित कार्यसम्पादन छ भन्ने मूलभूत कुरो हुन् । यसका लागि नेपाल प्रहरी कटिबद्ध छ । संगठनभित्र बदनियतको कुनै पनि हालतमा सहुलियत छैन, बदनियत सह्यै हुँदैन भन्नेमा सबैमा प्रभाव परेको अवस्था छ ।
उदाहरणका लागि पहिले धेरै सुनिन्थ्यो प्रहरीमा बेरुजु फस्र्योटमा निकै पछि थियो । आर्थिक अनियमितता भएको सुन्न पाइन्थ्यो । अहिले ठप्प छ । यसका लागि पनि हामी सर्वोत्कृष्ट भएका छौं । यो हाम्रा लागि नमुना मान्न सकिन्छ । यसलाई अझ राम्रो बनाउने बाटोमा अग्रसर भइरहेका छौं । सबैभन्दा यी कार्य सम्पादन इमानदार भएर नै गर्नुपर्ने आवश्यक देखिन्छ । व्यावसायिक, इमानदार हाम्रो मूल मर्म हो । संगठन गतिशील हुनुप¥यो, यहाँका कर्मचारीहरूको मनोबल उच्च राखेर शान्ति, सुरक्षा र अमनचयन कायम राख्न हामी दृढसाथ काम गरिरहेका छौं ।
सफलताका रुपमा पनि नेपाल सरकारले दिएको कार्यभारलाई इमानदारपूर्वक अक्षरशः पालन गरेका छौं । यसलाई प्रभावकारी रुपमा कार्य सम्पादन गरेका छौं । जसले गर्दा गैरसंवैधानिक क्रियाकलाप गर्ने समूहहरू, चाहे जुनसुकै नाममा किन नहोस् ती निष्क्रिय हुँदै गइरहेका छन् । त्यसलाई प्रहरीले निष्क्रियसमेत पार्छ । यसलाई न्यूनीकरण गर्दै निष्क्रिय बनाउनेतर्फ नै उन्मुख छौं ।
समग्रमा अपराध जुन अवस्थामा आउँथ्यो अहिले त्यो स्थिति छैन । समग्रमा अपराधका विषयमा प्रहरीको कामबाट समाजले पनि खुसी व्यक्त गरेको अवस्था छ । हामीले पनि शान्ति, सुरक्षाको स्थिति बढेको अनुभूति गरेका छौं ।
* प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसँग स्पेसखबरले गरेको कुराकानीमा आधारित