Main Menu
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • विचार
  • खेलकुद
  • कला
  • अन्य
    • अन्तर्वार्ता
    • फोटोफिचर
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य / जीवनशैली
    • ती दिन
    • पर्यटन
    • भिडियो
Thursday, September 28, 2023 | बिहीबार, असोज ११, २०८०
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • विचार
  • खेलकुद
  • कला
  • अन्य
    • अन्तर्वार्ता
    • फोटोफिचर
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य / जीवनशैली
    • ती दिन
    • पर्यटन
    • भिडियो
Search here
अन्तर्वार्ता
  • गृहपृष्ठ
  • अन्तर्वार्ता
जनतालाई घरदैलोमा सेवा दिन्छौं राजकुमार नकर्मी
स्पेसखबर
स्पेसखबर काठमाडौं , ५ जेठ
जनतालाई घरदैलोमा सेवा दिन्छौं
कीर्तिपुर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका तर्फबाट तपाईले जित्नु भयो। कस्तो लागिरहेको छ?
कीर्तिपुरको मेयरमा निर्वाचित हुँदा स्वभाविक रुपमा खुसी लागेको छ। कीर्तिपुरबाट प्रजातन्त्रको पक्षमा जुन ढंगबाट मतदान भएको छ त्यो अभिमतलाई जोगाइराख्ने अभिभारा मेरो काँधमा आएको छ। त्यसकारण जिम्मेवारी थपिएको महशुस गरेको छु। 
 
हिजो बाहिर बसेर हेर्दा कीर्तिपुरका प्रमुख समस्या के देख्नु भएको थियो? तिनको कसरी हल गरेर अघि बढ्ने सोच बनाउनु भएको छ?
कीर्तिपुरमा एउटा भौतिक पूर्बाधारको समस्या छ। अर्को नगरपालिकाभित्र सुशासनको समस्या छ। भौतिक पूर्बाधार क्षमता अनुसार प्राथमिकतामा राखेर एकपछि अर्को अघि बढाउँदै जानेछौं। सुशासन, पारदर्शी, उत्तरदायित्वको कुरा नगरपालिकाका कर्मचारीहरुलाई बिश्वासमा लिएर पूरा गर्छौं। कीर्तिपुरका जनताको घरदैलोमा भरपर्दो सेवासुबिधा पुर्याउने प्रतिबद्धता व्यक्त गर्दछु। 
 
अघिल्लो निर्वाचनमा मेयरको प्रतिस्पर्धामा हुनुहुन्थ्यो। निवर्तमान मेयरको नेतृत्वमा हुन नसकेका कामहरु के के हुन्? 
जनतालाई सेवा सुबिधा दिने सबालमा यहाँको मेयरले कुनै पनि काम गर्नु भएन। उहाँले पूर्बाधारको क्षेत्रमा केही काम त गर्नु भएको छ। तर त्यो अत्यन्त अपारदर्शी ढंगबाट भएको छ। एउटै व्यक्तिलाई उपभोक्ता समितिको नाममा ठेक्का दिइएको छ। त्यो बाहेक जुन सेवा सुबिधाको मैले कुरा गरें, त्यसमा उहाँले काम गर्न सक्नु भएन।
भनेपछि तपाईको प्राथमिकता जनतालाई सेवासुबिधा दिनेमै केन्द्रित हुनेछ।
निश्चय पनि लोकतन्त्रपछि संविधानले के भन्यो भन्दा अब सिंहदरबारको अधिकार जनताको घरदैलोमा आइसक्यो भन्ने अनि सेवा लिन एक दिनको काम ३० दिन लगाइदिने परिस्थिति बन्दा लोकतन्त्रप्रति बितृष्णा हुने भयो। गणतन्त्रप्रति बितृष्णा हुने भयो। त्यसकारण जनताले पाउनु पर्ने न्यूनतम सुबिधा उनीहरुकै घरदैलोमा पुर्याएपछि मात्रै सिंहदरबार उनीहरुको घरदैलोमा पुगेको हुन्छ। 
 
कीर्तिपुरको पहिचान भनेको मुल रुपमा यो ऐतिहासिक शहर हो। यसका साथै पर्यटकीय, धार्मिक, साँस्कृति यहाँका थप बिशेषता हुन्। यसको संरक्षणका लागि तपाईको योजना के छ?
कीर्तिपुरमा ऐतिहासिक, धार्मिक, साँस्कृतिक जनु सम्पदाहरु छन् त्यसलाई संरक्षण, सम्बद्र्धन र प्रबद्र्धन गरेर बिश्वसामु चिनाउँछौं। त्यतिमात्र होइन, कीर्तिपुरको आफ्नो छुट्टै ऐतिहासिक यात्रा छ। गौरबशाली गाथा छ। बिशेषतः पृथ्वीनारायण शाहले एकीकरण गर्ने क्रममा कीर्तिपुरले कठिन अबस्था झेल्नु परेको थियो। दुईदुई पटक हार खानु पर्यो। त्यो कीर्तिपुरको गौरबशाली इतिहास हो। हाम्रो नाक काटियो तर त्यो बीरतापूर्बक गोरखालीहरुसँग लडेका कारण हो। गोरखालीहरुलाई हराएका कारण हाम्रो नाक काटिएको हो। त्यो गौरबशाली इतिहास हामी बिश्वसामु चिनाउन चाहन्छौं। कीर्तिपुर नाक कटुवाहरुको शहर कस्तो छ ल हेर्नस् भनेर हामी बिश्वलाई भन्न चाहन्छौं। संसारभरका पर्यटकलाई कीर्तिपुरमा आकर्षितक गर्नका लागि यो बिषय आफैंमा पर्याप्त हुन्छ। 
 
मतदाताहरुलाई के भन्नुहुन्छ?
सबैभन्दा पहिला त नेपाली कांग्रेसलाई जुन बिश्वास गरेर कीर्तिपुरका १० वटा वडामध्ये ९ वटामा जिताउनु भयो त्यसका लागि संपूर्ण मतदाताहरुमा हार्दिक आभार व्यक्त गर्न चाहन्छु। उहाँहरुलाई म बिश्वस्त गराउन चाहन्छु कि तपाईहरुको अभिमत, बिश्वासमा कुठाराघात गर्ने काम गर्ने छैनौं। हामी कीर्तिपुर र कीर्तिपुरवासीको समृद्धि र उन्नतीका लागि काम गर्छौं। कीर्तिपुरबासीले अनुभूति गर्ने गरी काम गरेर देखाउँछौं। 
 
प्रकाशित मिति: बिहीबार, जेठ ५, २०७९, ०९:४९:००
स्पेसखबर
स्पेसखबर @spacekhabar
लेखकबाट थप
  • राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा अवलोकन
  • प्रधानमन्त्री दाहाल ल्हासामा
  • एमालेको सरकार ढालेर कांग्रेसको शरणमा जानेहरुले नेकपा ब्युँताउने सपना नदेखे हुन्छः केपी ओली
  • संखुवासभा कांग्रेसका सभापतिले किन दिए राजीनामा?
  • स्वास्थ्य क्षेत्रका बेथिति टुलुटुलु हेरेर बस्दिनः स्वास्थ्यमन्त्री बस्नेत
  •  अन्तरदेशीय पूर्वाधार निर्माणलाई तीव्र अघि बढाउने प्रतिबद्धता
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित शिर्षक
भ्रमणले विश्वासको वातावरण बढाएको छः परराष्ट्रमन्त्री साउद
भ्रमणले विश्वासको वातावरण बढाएको छः परराष्ट्रमन्त्री साउद
श्रम बजारअनुसार श्रमिकको ‘ब्राण्डिङ’ गरिनेछः मन्त्री भण्डारी
श्रम बजारअनुसार श्रमिकको ‘ब्राण्डिङ’ गरिनेछः मन्त्री भण्डारी
लोकतन्त्र र जनअधिकार मेरो  प्राथमिकता : रामचन्द्र पौडेल
लोकतन्त्र र जनअधिकार मेरो प्राथमिकता : रामचन्द्र पौडेल
नेपाललाई आँखा उपचारमा विश्वकै प्रमुख गन्तव्य बनाउन सकिन्छ : डा रुइत
नेपाललाई आँखा उपचारमा विश्वकै प्रमुख गन्तव्य बनाउन सकिन्छ : डा रुइत
मधेश केन्द्रित दलहरु सरकारमा जान्छन्ः रेशम चौधरी
मधेश केन्द्रित दलहरु सरकारमा जान्छन्ः रेशम चौधरी
'संसद्मा बहुमत पुर्याउन हामी नै निर्णायक हुन्छौँ'
'संसद्मा बहुमत पुर्याउन हामी नै निर्णायक हुन्छौँ'
  • ताजा समाचार
  • ट्रेण्डिङ
रामारोशनमा ४६ देशका पर्यटकले मनाए पर्यटन दिवस
रामारोशनमा ४६ देशका पर्यटकले मनाए पर्यटन दिवस
राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा अवलोकन
राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा अवलोकन
प्रधानमन्त्री दाहाल ल्हासामा
प्रधानमन्त्री दाहाल ल्हासामा
एमालेको सरकार ढालेर कांग्रेसको शरणमा जानेहरुले नेकपा ब्युँताउने सपना नदेखे हुन्छः केपी ओली
एमालेको सरकार ढालेर कांग्रेसको शरणमा जानेहरुले नेकपा ब्युँताउने सपना नदेखे हुन्छः केपी ओली
स्वास्थ्यकर्मीलाई दुव्र्यवहार गर्नेमाथि हुने कारबाहीको जानकारी दिन सूचना पाटी राखिने 
स्वास्थ्यकर्मीलाई दुव्र्यवहार गर्नेमाथि हुने कारबाहीको जानकारी दिन सूचना पाटी राखिने 
संखुवासभा कांग्रेसका सभापतिले किन दिए राजीनामा?
संखुवासभा कांग्रेसका सभापतिले किन दिए राजीनामा?
स्वास्थ्य क्षेत्रका बेथिति टुलुटुलु हेरेर बस्दिनः स्वास्थ्यमन्त्री बस्नेत
स्वास्थ्य क्षेत्रका बेथिति टुलुटुलु हेरेर बस्दिनः स्वास्थ्यमन्त्री बस्नेत
 अन्तरदेशीय पूर्वाधार निर्माणलाई तीव्र अघि बढाउने प्रतिबद्धता
 अन्तरदेशीय पूर्वाधार निर्माणलाई तीव्र अघि बढाउने प्रतिबद्धता
दुई महिनामा दुई खर्ब ५९ अर्बको वस्तु आयात हुँदा २६ अर्बको निर्यात 1
दुई महिनामा दुई खर्ब ५९ अर्बको वस्तु आयात हुँदा २६ अर्बको निर्यात
मुस्लिम संघको महाधिवेशनमा सभापति देउवा अभिनन्दित 2
मुस्लिम संघको महाधिवेशनमा सभापति देउवा अभिनन्दित
भक्तमान श्रेष्ठको अपहरणमा संलग्न तामाङ १३ वर्षपछि पक्राउ 3
भक्तमान श्रेष्ठको अपहरणमा संलग्न तामाङ १३ वर्षपछि पक्राउ
पद्मकन्या बहुमुखी क्याम्पसले मनायो ७३औँ वार्षिकोत्सव 4
पद्मकन्या बहुमुखी क्याम्पसले मनायो ७३औँ वार्षिकोत्सव
नेपालमा लगानी गर्न चिनियाँ लगानीकर्तालाई प्रधानमन्त्रीको आग्रह 5
नेपालमा लगानी गर्न चिनियाँ लगानीकर्तालाई प्रधानमन्त्रीको आग्रह
सूचना - प्रविधि थप
चीनका विद्यार्थीले बनाए अचम्मको कोट, लगाउँदा नै गायब हुन्छ, सेक्युरिटी क्यामेरा पनि फेल चीनका विद्यार्थीले बनाए अचम्मको कोट, लगाउँदा नै गायब हुन्छ, सेक्युरिटी क्यामेरा पनि फेल
गुगलमा सर्च गर्दा नगर्नुहोस् यी गल्ती, नत्र तपाईको बैंक खाता खाली हुन सक्छ
के तपाईंकाे व्हाट्सएप फोटो र भिडियोहरूले भरिएको छ? आफ्नो स्मार्टफोनलाई यसरी खाली गर्नुहोस्
ग्लोबल थप
भारतमा एक नेपालीको हत्या भारतमा एक नेपालीको हत्या स्पेसखबर बैतडी घर भएका एक नेपालीको भारतमा हत्या भएको छ । हत्या हुनेमा बैतडीको तल्लोस्वराडका ४८ वर्षीय लोकेन्द्र चन्द रहेको प्रहरीले जनाएको छ ।
नेपाली मूलका शर्मा दुईतिहाइ मतसहित मेयरमा निर्वाचित
नेपाली मूलका शर्मा दुईतिहाइ मतसहित मेयरमा निर्वाचित स्पेसखबर
कामदार तत्काल जापान जान नपाउने
कामदार तत्काल जापान जान नपाउने स्पेसखबर
सम्पर्क

लिवरल मिडिया प्रा.लि.

काठमाडौं - २९, अनामनगर

सूचना विभाग दर्ता नं. १०९८/०७५–७६

टेलिफोन

+977-1-57 055 62

ईमेल ठेगाना

spacekhabar@gmail.com
marketing.spacekhabar@gmail.com
हाम्रो टीम
सम्पादक रामजी दाहाल
बरिष्ठ संवाददाता मुक्तिबाबु रेग्मी भिम थापा
संवाददाता विनिल बस्नेत
प्रदेश प्रतिनिधि कुमोद अधिकारी (विराटनगर) रोहित कुमार महतो (जनकपुर) शिवकुमार रिजाल (हेटौंडा) बिक्रम खड्का (बुटवल) श्रवण देउवा (धनगढी)
ग्लोबल सुरेशचन्द्र पोखरेल (अमेरिका) शिशिर ढकाल (अष्ट्रेलिया) पुष्प थापा (जर्मनी) सन्दर्भ आचार्य (जापान)
मेनु
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
  • विचार
  • खेलकुद
  • भिडियो ग्यालरी
सोसल मिडिया
Facebook Twitter YouTube Google+
© स्पेसखबर प्रा.लि.. -2023 All rights reserved. Site by: SoftNEP