अमेरिकी अन्तरिक्ष संस्था नासाले सूूर्यका थप रहस्य पत्ता लगाउन महत्वाकांक्षी मिसन लन्च गरेको छ।
पार्कर नाम दिइएको भूउपग्रह फ्लोरिडास्थित केप केनेरभलबाट प्रक्षेपण गरिएको हो । यो उपग्रह इतिहासमै सबैभन्दा बढी उड्ने उपग्रह मानिएको छ । यसलाई सूूर्यको अहिलेसम्मकै नजिक दूूरीमा पुर्याइनेछ। नासाका अनुसार यो सूूर्यबाट ६१ लाख २० किलोमिटरनजिक रहनेछ । यसअघि सन् १९७६ मा पठाइएको यान ४ करोड ३० लाख किलोमिटर नजिक पुुग्न सकेको थियो।
यसले पठाउने सूचनाले सूूर्यबारे अहिलेसम्म पत्ता लाग्न नसकेका तथ्य प्राप्त हुने विश्वास नासाले लिएको छ । यसअघि सन् १९५८ प्रक्षेपण गरिएको यानले सौर्य आँधीबारे केही तथ्य पत्ता लगाएका थियो ।
सूूर्यको तापबाट बचाउन यो यानको अगाडिको भाग १३ सय सेन्टिग्रेड तातो सहनसक्ने बनाइएको छ । यसको गति भने १ सय ९० किलोमिटर प्रतिसेकेण्ड रहेनछ । यसले सूूर्यको बाहिरी सतहको अध्ययन गर्नेछ । बीबीसी