चिनिया टेलिकम कम्पनी हुवावेकी उपप्रमुख एवं प्रमुख फाइनान्स अफिसर मेङ वाङजु क्यानडामा पक्राउ परेकी छिन्। उनलाई अमेरिकाले आफ्नो देशमा सुपुर्दगी गर्न माग गरेको छ । मेङ हुवावेसंस्थापककी छोरी हुन् ।
उनको पक्राउबारे विस्तृत विवरण सार्वजनिक नगरिएपनि इरानविरुद्धको आर्थिक प्रतिबन्धको उल्लंघनका बारेमा अमेरिकाले अनुसन्धान गरिरहेको छ । पक्राउको क्यानडास्थित चिनिया दूतावासले विरोध गर्दै रिहा गर्न माग गरेको छ । हुवावेले मेङको पक्राउबारे थोरैमात्र जानकारी रहेको भन्दै उनको गल्तीबारे थाहा नभएको बताएको छ ।
चीन र अमेरिकाबीच व्यापार युद्ध भइरहेका बेला पक्राउको यो घटना भएको हो । यतिखेर दुवै देशले एक अर्काका सामानमाथि अर्बौ डलरको कर लगाएका छन् ।